सोमबार, २६ जेठ २०८२
ताजा लोकप्रिय

अमेरिकामा भूपेन्द्रलाई २ पदक

मङ्गलबार, २५ मङ्सिर २०८१, १२ : ०५
मङ्गलबार, २५ मङ्सिर २०८१

काठमाडौँ। नेपालका भूपेन्द्र गुरुङले छैटौँ एनुएल बक्स काउन्टी विन्टर मार्सल आर्ट्स च्याम्पियनसिपमा समान १–१ स्वर्ण र रजत गरी २ पदक जितेका छन् ।

नर्थ अमेरिका फेडरेसन अफ मार्सल आर्ट्सको आयोजनामा डिसेम्बर ८ तारिखमा न्यु टाउन, पेन्सिल्भिनियामा भएको प्रतियोगितामा भूपेन्द्रले ट्रेडिसनल फमको छाङ छ्वानमा स्वर्ण र ओपन फमको ताइचीमा रजत जिते ।

उनको व्यवस्थापकमा मनित गुरुङ रहेका छन् । प्रतियोगितामा अमेरिकाको २२ मार्सल आटर््स क्लबका ३ सय ४७ खेलाडी सहभागी थिए ।

भूपेन्द्रले यसअघि अमेरिकाको क्यालिफोर्नियामा १ महिनाअघि (नोभेम्बर ९) भएको १५ औं गोल्डेन ड्रागन च्याम्पियनसिपको २ स्पर्धामा २ रजत जितेका थिए ।

त्यसअघि उनले विभिन्न ३ अन्तर्राष्ट्रिय प्रतियोगितामा ३ स्वर्ण पदक जितेका छन् । उनले सन् २०१८ मा जर्मनीमा भएको विश्व च्याम्पियनसिप, सन् २०१९ मा थाइल्यान्डमा भएको सातौँ विश्व कुङफु च्याम्पियनसिप र सन् २०२२ मा युकेमा भएको युरोपियन च्याम्पियनसिपमा स्वर्ण जितेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप