सकियो ‘ढुकढुकी ७२ मेगाहर्ज’ मञ्चन
मङ्गलबार, २५ मङ्सिर २०८१, १४ : ५८
काठमाडौं । केदार श्रेष्ठ निर्देशित नाटक ‘ढुकढुकी ७२ मेगाहर्ज’ मञ्चन सकिएको छ । मानव जीवनको संवेदना सहअस्तित्व, प्रेम र दम्पतीको सन्तान प्राप्ति चाहनामामा आधारित नाटक एक महिना नियमित मञ्चनपछि सकिएको हो ।
थापागाउँस्थित मण्डला थिएटरमा गत कार्त्तिक २४ गते शनिबारदेखि सुरु भएको नाटक सोमबारबाट सकिएको निर्देशक श्रेष्ठले जानकारी दिए ।
मंसिर १७ सम्म मञ्चन गर्ने उद्देश्यसहित सुरु भएको नाटक दर्शकको चाप बढेपछि ७ शो थप्दै लम्ब्याइएको थियो ।
अभिनेता कार्म शाक्य, मेनुका प्रधानको मुख्य अभिनय रहेको नाटक निर्माण अभिनेता दयाहाङ राईले गरेका हुन् । मण्डलाले केही अगाडि १४ नाटक मञ्चन गर्ने घोषणा गरेको थियो । ती मध्ये यो तेस्रो नाटक हो ।
मण्डलामा अब अभिनेता नाजिर हुसेन निर्देशित नाटक ‘हरि हजुरबा’ मञ्चन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण