सकियो ‘ढुकढुकी ७२ मेगाहर्ज’ मञ्चन
मङ्गलबार, २५ मङ्सिर २०८१, १४ : ५८
काठमाडौं । केदार श्रेष्ठ निर्देशित नाटक ‘ढुकढुकी ७२ मेगाहर्ज’ मञ्चन सकिएको छ । मानव जीवनको संवेदना सहअस्तित्व, प्रेम र दम्पतीको सन्तान प्राप्ति चाहनामामा आधारित नाटक एक महिना नियमित मञ्चनपछि सकिएको हो ।
थापागाउँस्थित मण्डला थिएटरमा गत कार्त्तिक २४ गते शनिबारदेखि सुरु भएको नाटक सोमबारबाट सकिएको निर्देशक श्रेष्ठले जानकारी दिए ।
मंसिर १७ सम्म मञ्चन गर्ने उद्देश्यसहित सुरु भएको नाटक दर्शकको चाप बढेपछि ७ शो थप्दै लम्ब्याइएको थियो ।
अभिनेता कार्म शाक्य, मेनुका प्रधानको मुख्य अभिनय रहेको नाटक निर्माण अभिनेता दयाहाङ राईले गरेका हुन् । मण्डलाले केही अगाडि १४ नाटक मञ्चन गर्ने घोषणा गरेको थियो । ती मध्ये यो तेस्रो नाटक हो ।
मण्डलामा अब अभिनेता नाजिर हुसेन निर्देशित नाटक ‘हरि हजुरबा’ मञ्चन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायल र हमासले छोडे १५ महिना लामो युद्ध, आइतबारदेखि पूर्ण युद्धविराम लागू हुने
-
चिसो कालीगण्डकीमा र्याफ्टिङ सञ्चालन
-
१२ बजे १२ समाचार : काठमाडौं जिल्ला अदालतमा ६० लाख धरौटी बुझाएर रवि रिहादेखि वकिलमाथि कार्यकर्ताको आक्रमण प्रयाससम्म
-
आरोही कान्छा शेर्पालाई एभरेष्ट टुरिजम लाइफटाइम एचिभमेन्ट अवार्ड
-
क्यान्सरविरुद्धको सबै एचपीभी खोप ल्याइयो
-
खानेपानी अभावमा काकाकुल छन् ९ सय बढी घर परिवार