ट्रम्पले क्यानडाका प्रधानमन्त्रीलाई ‘क्यानडाका गभर्नर’ भनेपछि...

वासिङ्टन । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल पोस्टमा क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोलाई ‘क्यानडाका गभर्नर’ भनेर सम्बोधन गरेका छन् ।
ट्रुथ सोशलमा पोस्ट गर्दै ट्रम्पले लेखेका छन्, ‘ ग्रेट स्टेट अफ क्यानडाका गभर्नर जस्टिन ट्रुडोसँग अर्को रात डिनर गर्न पाउँदा खुसी लाग्यो। कर र व्यापारको बारेमा थप कुरा गर्न म गभर्नरसँग फेरि भेट्न तत्पर छु । यो नतिजा सबैका लागि राम्रो हुनेछ ।’
केही दिनअघि डोनाल्ड ट्रम्पलाई भेट्न क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो अचानक फ्लोरिडा पुगेका थिए । दुवै नेताले सँगै डिनर गरेका थिए, ट्रम्पले आज आफ्नो पोस्टमा यो डिनरबारे उल्लेख गरेका हुन् ।
ट्रुडोको अमेरिका भ्रमण पहिल्यै तय गरिएको थिएन। क्यानडामा कर लगाउने विषयमा ट्रम्पको वक्तव्यपछि उनको भ्रमण भएको थियो ।
अमेरिकी राष्ट्रपति चुनावमा विजयी भएपछि डोनाल्ड ट्रम्पले क्यानडा र मेक्सिकोमा भारी कर लगाउने बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक सय ५७ वर्ष पुरानो नहर पक्की बनाइँदै
-
१२ बजे १२ समाचार: ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता, स्कटल्याण्डविरुद्ध नेपालको जित
-
नेपालले दुई विकेटको जित निकाल्दा मैदानमा देखियो यस्तो खुसी, तस्बिरहरू
-
चैते धानको उत्पादन बढ्दा, मूल्यमा गिरावट
-
स्कटल्याण्डविरुद्ध नेपालको जित
-
सरकारले संविधान संशोधनमा ढिलाइ गर्नुहुँदैन: प्रवक्ता डा. महत