शनिबार, ०५ माघ २०८१
ताजा लोकप्रिय

माटोजन्य रोग नियन्त्रण गर्न किसानलाई तालिम

मङ्गलबार, २५ मङ्सिर २०८१, १६ : १७
मङ्गलबार, २५ मङ्सिर २०८१

काठमाडौँ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गत राष्ट्रिय बाली रोग विज्ञान अनुसन्धान केन्द्रले माटोजन्य रोग नियन्त्रण गर्नका लागि किसानलाई तालिम दिएको छ । केन्द्र बागमती प्रदेश अन्तर्गतको ३० जना किसानलाई सो तालिम दिएको हो ।  

किसानलाई तरकारी बालीमा कलमी गर्न सिकाएर माटो जन्य किरा नियन्त्रण तथा व्यवस्थापन गर्न सिकाउने आयोजकले जनाएको छ । यो तालिम मंसिर २५ र २६ गते दिइने जनाएको छ । 

केन्द्रका कृषि वैज्ञानिक डा. राम बहादुर खड्काले माटोजन्य रोगका कारण जरा कुहिने, ओइलाउने जस्ता समस्या बढेको बताए । यस्ता रोगलाई नियन्त्रण गर्न तरकारी बालीमा कलमी प्रविधि उपयुक्त हुने उनले दाबी गरे ।

केन्द्रले फिड द फ्युचर हर्टिकल्चर इनोभेसनको आर्थिक सहयोगमा तरकारी खेती गरिरहेका कृषकलाई दुई दिने तालिम मार्फत तरकारी बालीमा कलमी गर्न सिकाउने भएको हो ।

जरासँगको एउटा बिरुवामा अर्को बिरुवाको हाँगोलाई जोड्ने प्रविधि नै कलमी अर्थात् ग्राफ्टिङ हो  । यो प्रविधि तरकारी बालीमा गर्नसके रोग र किराको व्यवस्थापनमा मद्दत पुग्ने केन्द्रको दाबी छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप