माटोजन्य रोग नियन्त्रण गर्न किसानलाई तालिम
काठमाडौँ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गत राष्ट्रिय बाली रोग विज्ञान अनुसन्धान केन्द्रले माटोजन्य रोग नियन्त्रण गर्नका लागि किसानलाई तालिम दिएको छ । केन्द्र बागमती प्रदेश अन्तर्गतको ३० जना किसानलाई सो तालिम दिएको हो ।
किसानलाई तरकारी बालीमा कलमी गर्न सिकाएर माटो जन्य किरा नियन्त्रण तथा व्यवस्थापन गर्न सिकाउने आयोजकले जनाएको छ । यो तालिम मंसिर २५ र २६ गते दिइने जनाएको छ ।
केन्द्रका कृषि वैज्ञानिक डा. राम बहादुर खड्काले माटोजन्य रोगका कारण जरा कुहिने, ओइलाउने जस्ता समस्या बढेको बताए । यस्ता रोगलाई नियन्त्रण गर्न तरकारी बालीमा कलमी प्रविधि उपयुक्त हुने उनले दाबी गरे ।
केन्द्रले फिड द फ्युचर हर्टिकल्चर इनोभेसनको आर्थिक सहयोगमा तरकारी खेती गरिरहेका कृषकलाई दुई दिने तालिम मार्फत तरकारी बालीमा कलमी गर्न सिकाउने भएको हो ।
जरासँगको एउटा बिरुवामा अर्को बिरुवाको हाँगोलाई जोड्ने प्रविधि नै कलमी अर्थात् ग्राफ्टिङ हो । यो प्रविधि तरकारी बालीमा गर्नसके रोग र किराको व्यवस्थापनमा मद्दत पुग्ने केन्द्रको दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण