सूर्य नेपाल गल्फ : जयराम श्रेष्ठ शीर्ष स्थानमा
काठमाडौँ । सूर्य नेपाल गल्फ टुर २०२४/२५ अन्तर्गत दोस्रो प्रतियोगिता सूर्य नेपाल काठमाडौँ ओपनको पहिलो दिन जयराम श्रेष्ठ ४–अण्डर ६४ सहित शीर्ष स्थानमा रहेका छन् । उनले विष्णुप्रसाद शर्मा र निरज तामाङलाई एक स्ट्रोकले पछि पारे ।
रोयल नेपाल गल्फ क्लबमा आजदेखि सुरु भएको प्रतियोगितामा प्रो जयरामले बोगी रहित स्कोर कार्ड निकाल्ने क्रममा फ्रन्ट नाइन र ब्याक नाइन दुवै २–अण्डर ३२ मा सकाए । उनले चौथो, आठौँ, दसौँ र बाह्रौँ होलमा बर्डी प्रहार गरे । संयुक्तरुपमा दोस्रो स्थानमा रहेका विष्णुप्रसाद शर्मा र निरज तामाङले ३–अन्डर ६५ सहित पहिलो दिनको खेल सकाए ।
विष्णुले पहिलो र सातौँ होलमा एक–एक सट बचाउँदै फ्रन्ट नाइन २–अन्डर ३२ मा सकाए । यसपछि ११ औँ होलको बोगी विरुद्ध १२ औँ र १३औँ होलको दुई बर्डीले ब्याक नाइन १–अण्डर ३३ मा पूरा गरे । डिफेन्डिङ च्याम्पियन निरजले दोस्रो होलमा बोगी प्रहार गरेपनि चौथो र पाँचौँ होलको बर्डीले फ्रन्ट नाइन १–अण्डर ३३ खेले। यसपछि १० औँ र ११ औँ होलमा लगातार दुई बर्डी प्रहार गरेका उनले ब्याक नाइनमा २–अण्डर ३२ को स्कोर दर्ज गरे ।
नेपाल नम्बर एक एमेच्योर गल्फर सद्भाव आचार्य २–अन्डर ६६ सहित चौथो स्थानमा रहे । यो स्कोरमा उनी एमेच्योरतर्फ भने शीर्षस्थानमा छन् । उनले राहुल विके र ज्ञानबहादुर ढेङ्गालाई ४ स्ट्रोकले पछि पारे । ७२ होलको चार दिने प्रतियोगितामा ३३ प्रोफेसनल र १२ एमेच्योर गरी ४५ खेलाडीको सहभागिता रहेको छ । कुल ७ लाख ३५ हजार नगद पुरस्कार राशिको लागि प्रतिस्पर्धा गर्नेछन् । विजेताले उपाधिसँगै १ लाख ५० हजार प्राप्त गर्नेछ । दोस्रो र तेस्रो हुने खेलाडीहरूले क्रमशः ८५ हजार र ६८ हजार नगद पुरस्कार हात पार्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण