उपनिर्वाचन परिणामप्रति एमाले असन्तुष्ट, सहरी जनमतसँग पार्टीलाई जोड्न नसकेको निष्कर्ष

काठमाडौँ । नेकपा एमालेले सहरी जनमतसँग पार्टीलाई जोड्न नसकेको निष्कर्ष निकालेको छ । मंगलबार बसेको एमाले सचिवालय बैठकमा हालै सम्पन्न उपनिर्वाचनबारे समीक्षा गर्दै एमालेले यस्तो निष्कर्ष निकालेको हो ।
यद्यपी उसले उपनिर्वाचन भएका ४२ मध्ये आफ्नो पार्टीबाट जितेका ७ वडा सबै फिर्ता नगरेपनि अध्यक्ष र उपाध्यक्षसहित ८ पदमा जित निकालेकोमा उपलब्धिका रूपमा लिएको बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।
‘उपनिर्वाचनबाट थप उपलब्धि हासिल गरेको छ । जितेका ७ रिक्त भएकोमा समग्रमा आठ स्थानमा जितेको छ तर समग्र परिणामलाई गम्भीर रूपमा लिएका छौँ’, ज्ञवालीले भने, ‘कीर्तिपुर र काठमाडौँ महानगरपालिका– १६ मा अपेक्षाअनुरूप परिणाम नआएकोमा गम्भीर हुनुपर्ने निष्कर्ष निकालेका छौँ ।’ उनले कीर्तिपुर र काठमाडौँ महानगर १६ मा भएको हारलाई सहरी जनमतसँग पार्टीलाई जोड्नुपर्ने निष्कर्ष निकालेको बताए ।
एमालेले आफ्नो मात्र नभएर सबैको हकमा जनमत चेन्ज भएको देखिएको र त्यसलाई गम्भीर रूपले लिँदै जनप्रतिनिधिहरूले जनताको मत जित्न सक्नुपर्ने ठहर गरेको छ ।
त्यसैगरी एमालेले मंसिर १७ देखि २० सम्म भएको एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण र भ्रमणमा भएको बीआरआई फ्रेमवर्क सहमतिलाई सरकारको सफलता भनेको छ ।
‘प्रधानमन्त्रीको चीन भ्रमण सफल भएको छ । चीनसँग भएका सहमति दुवै देशले शीघ्र कार्यान्वयनमा जानुपर्छ भन्ने एमालेको निष्कर्ष छ’, ज्ञवालीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रत्यक्ष प्रसारण जारी रहेकै समयमा टेलिभिजन कार्यालयमा इजरायली हवाई आक्रमण (भिडियोसहित)
-
नेपाली शान्ति सैनिकको अदलीबदली
-
प्रतिनिधिसभाको बैठक बस्दै, सङ्घीय निजामती सेवा विधेयक पारित गर्ने कार्यसूची
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मनसुनीसँगै स्थानीय र पश्चिमी वायु थप सक्रिय, आज यी प्रदेशमा हुनेछ धेरै भारी वर्षा
-
‘रातो झण्डा’ झुन्ड्याएर बाढीसँग लडिरहेको एउटा साहसी गाउँ