मोहम्मद सालाहको पेनाल्टी गोलले लिभरपुलको भाग्य चम्कियो
बुधबार, २६ मङ्सिर २०८१, ०३ : ५२
काठमाडौं । मोहम्मद सालाहको पेनाल्टी सहायताले गिरोनाविरुद्ध १-० को सोझो जित निकालेको इंग्लिश क्लब लिभरपुलले च्याम्पियन्स लिगको अन्तिम १६ स्थान सुरक्षित गरेको छ । सालाहको पेनाल्टी गोलले लिभरपुलको भाग्य चम्किएको रुपमा हेर्न थालिएको छ ।
लिग चरणको अन्तिम दुई खेल बाँकी हुँदा पनि लिभरपुल अपराजित छ । उसले लगातार ६ खेल जितेर पहिल्यै नकआउट चरण प्लेअफमा ठाउँ सुरक्षित गरिसकेको थियो ।
अबको खेल उसले आफ्नो पक्षमा पारेका खण्डमा अन्तिम आठमा स्थान पक्कापक्की गर्ने बताइन्छ । उता, घरेलु टोली गिरोनाको भने बेहाल छ । उसको अहिलेसम्म जम्मा एक खेल नितेको छ भने पाँच खेल गुमाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुनरावेदन दिएमा थुना बाहिरै बसेर मुद्दा लड्न पाउँछन् बालकृष्ण खाण
-
पुँजी बजार सुधारको स्पष्ट खाका खोज्दै सांसदहरू, अर्थ समितिद्वारा १० दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन
-
राघव जुयालसँग डेटिङको हल्लामा के भन्छिन् शहनाज गिल ?
-
जनकपुरको ऐतिहासिक बाह्रबिघा मैदान डम्पिङ साइटमा परिणत
-
आईपीओको ‘१० कित्ते’ नीति पुनरावलोकन गर्न अर्थ मन्त्रालयको सुझाव
-
९१ वर्षीय अर्जेन्टिनी पत्रकार, जसले लगातार १८औँ विश्वकपको रिपोर्टिङ गरिरहेका छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण