चर्चा कमाउनका लागि मात्रै निर्णय नगरौँ : अध्यक्ष ढकाल
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले चर्चा कमाउनका लागि निर्णय नगर्न सरकारको ध्यानाकर्षण गराएका छन् । बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले चर्चाका लागि गरिने निर्णयले क्षणिक फाइदा मात्रै हुने र नतिजा आउन नसक्ने उल्लेख गरेका हुन् ।
अध्यक्ष ढकालले वैदेशिक रोजगारीमा फ्री भिसा, फ्री टिकटको नारा चर्चा कमाउनका लागि मात्रै लगाइएको बताए । उनले फ्री भिसा र फ्री टिकटका लागि नेपाललाई मात्रै नभइ पाकिस्तान र बंगदलादेशलाई पनि रहेको भन्दै कम मात्रै फ्री टिकट र फ्री भिसाअन्तर्गत श्रमिक पठाउन सकिने बताए । उनले वास्तविकतामा टेकेर गरिने निर्णय नै दीर्घकालीन र फलदायी हुने बताए ।
उनले भने, ‘मैले वैदेशिक रोजगारीको कुरा गर्न चाहेँ, फ्री भिसा, फ्री टिकट भनिएको छ । यो भनेर मात्रै हुँदैन, मेरो आग्रह के हो भने कहिले कहीँ पपुलर नाराको लागि हामीले वास्तविक अवस्था भन्दा पनि फरक प्रकृतिको डिसिजन गरिरहेका छौँ ।’
अध्यक्ष ढकालले सरकारबाट दिइने तालिमहरूले सीपयुक्त जनशक्ति तयार हुनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण