एकीकृत समाजवादीमा स्थायी कमिटी सदस्य थप्ने प्रस्तावमा राजेन्द्रको ‘नोट अफ डिसेन्ट’
काठमाडौँ । नेताहरूको कार्यविभाजन गर्न बसेको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठकमा सदस्य थप्ने प्रस्तावमा विवाद भएको छ । बुधबार बसेको सो पार्टीको स्थायी कमिटी बैठकमा १७ जना पोलिटब्युरोबाट स्थायी कमिटीमा ल्याउने प्रस्तावप्रति उपमहासचिव राजेन्द्र राईले असहमति जनाउँदै ‘नोट अफ डिसेन्ट’ राखेका छन् ।
एकीकृत समाजवादीमा हाल २४ सदस्यीय स्थायी कमिटी छ । राईले विधान र प्रक्रियाविपरित स्थायी कमिटी सदस्य थप्ने प्रस्ताव आएकाले आफूले नोट अफ डिसेन्ट जनाएको बताए । ‘पहिला विधान आउनुपर्यो । त्यो विधानमा के छ ?’, राईको प्रश्न छ । त्यस्तै उनले स्थायी कमिटी सदस्य थप्ने अधिकार केन्द्रीय कमिटी र पोलिटब्युरोलाई मात्र भएको भन्दै स्थायी कमिटीमा ल्याउनुपर्ने केही नाम समेत प्रस्तावमा छुटेको बताए ।
बैठकमा यसबारेमा विवाद भएपछि थप गृहकार्य गर्न भन्दै भोलीको बैठक पर्सी (शुक्रवार) बस्नेगरी सारिएको छ । ‘गहृकार्य नपुगेकाले शुक्रवार बस्ने गरी आजको बैठक सकिएको छ’, अर्का उपमहासचिव तथा पार्टी केन्द्रीय कार्यालय सचिव रामकुमार भट्टराईले भने, ‘शुक्रबारको बैठकले कार्य विभाजन टुङ्गो लाग्छ ।’
बैठकमा महासचिव घनश्याम भुसालले पार्टीको कार्ययोजना पेस गरेका थिए । गत असारमा दशौँ राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको पार्टीले अहिलेसम्म नेताहरूको जिम्मेवारी हेरफेर तथा कार्य विभाजनअन्तर्गत विभिन्न विभागीय प्रमुख, जिल्ला इन्चार्ज, आयोग तथा जनसङ्गठन इन्चार्ज तोकेको छैन । पार्टी संरचनामा कार्य विभाजन गर्न पार्टी अध्यक्ष माधवकुमार नेपालको नेतृत्वको कार्यदलमा पटक पटक छलफल भए पनि टुङ्गो लाग्न सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विज्ञहरूको पर्याप्त सुझावविना विधि विज्ञान प्रयोगशाला विधेयक अघि बढ्दैन: मन्त्री पोखरेल
-
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० जना घाइते
-
राजेन्द्र लिङ्देनले पार्टी छोड्न बाध्य बनाएको धवलशमशेरको आरोप
-
नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
-
‘प्रधानमन्त्री ‘सिंघम’ शैलीमा संसद् आउँछन्, सभामुख सत्तापक्षको ‘रक्षाकवच’ बने’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण