काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपः इरान यु १८ सेमिफाइनलमा
काठमाडौँ । इरानको यु–१८ टिमले काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपमा लगातार तेस्रो जित हात पार्दै काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । भारतको क्यालीकटलाई सोझो सेटमा पराजित गर्दै इरानको युवा टिम एक खेल अगाडि नै सेमिफाइनलमा पुगेको हो ।
राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा आज भएको क्यालीकट र इरानको टिमबिचको खेल प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको थियो । तर इरानको युवा खेलाडीहरूको प्रदर्शन उत्कृष्ट रह्यो । पहिलो सेट प्रतिस्पर्धात्मक बनेपनि २७–२५ ले इरानले जित्यो । एक सेट गुमाएपछि दोस्रो सेटमा पनि क्यालीकट खेलमा फर्कन सकेन । सहजै इरानको यु–१८ टिमले २५–२२ ले जित्यो ।
खेलमा दुई शून्यको स्पष्ट अग्रता कायम गर्यो । २५–२० ले तेस्रो सेट पनि सहजै इरानले जित्यो । यो सोझो सेटको जितमा इरानले लगातार तेस्रो जित सहित ७ अंक बनाएको छ । इरानले यसअघि पहिलो खेलमा माल्दिभ्सको क्लब एचडिसीलाई र दोस्रो खेलमा नेपालको गण्डकी प्रदेश भलिबल संघलाई ३–२ को सेटमा हराएको थियो । पराजित क्यालिकटको भने यो दोस्रो हार हो । क्यालीकट पहिलो खेलमा टिमटप हेल्प नेपालसँग हारेको थियो । दोस्रो खेलमा माल्दिभ्सको क्लब एचडिसीलाई हराए पनि आज इरानसँग सोझो सेटमा पराजित भयो । उसले तीन खेलबाट मात्र ४ अंक बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद्मा विचाराधीन विधेयक फिर्ता लिएर अध्यादेशमार्फत ‘बजेट क्यालेण्डर’ संशोधन
-
ठाउँको ठाउँ जग्गा दिने सरकारी नीतिसँग झस्किए राष्ट्रपति !
-
किसानका समस्या समाधान गर्ने मन्त्री अधिकारीको प्रतिबद्धता
-
गाजामा युद्धविराम गर्ने सम्झौतालाई अन्तिम रुप दिन कतारमा फेरि वार्ता
-
भारतका चार जना स्रष्टालाई नइ पुरस्कार दिने घोषणा
-
विश्वकपअघि ट्रफीसँग फोटोसुट