तालिबान सरकारका मन्त्रीको आत्मघाती आक्रमणमा मृत्यु
काबुल । अफगानिस्तानमा तालिबान सरकारको एक वरिष्ठ स्रोतले शरणार्थी मामिला मन्त्री खलिलुर रहमान हक्कानीको 'आत्मघाती' आक्रमणमा मृत्यु भएको बीबीसीलाई बताएको छ। स्रोतका अनुसार हक्कानीमाथि बुधबार ११ डिसेम्बरमा काबुल सहरमा मन्त्रालयभित्र हमला भएको जानकारी बीबीसी पश्तोले दिएको हो ।
गृह मन्त्रालय स्रोतका अनुसार यो हमलामा उनीसँगै अन्य ६ जनाको मृत्यु भएको छ । हक्कानी अफिसबाट निस्कँदै गर्दा विस्फोट भएको थियो । हक्कानी तालिबानका गृहमन्त्री सिराजुद्दीन हक्कानीका आफन्त थिए। उनी विगत तीन वर्षदेखि शरणार्थी मामिला मन्त्री पदमा थिए ।
तीन वर्षअघि अफगानिस्तानमा तालिबान सत्तामा आएपछि भएको आक्रमणमा मारिने उनी यस समूहका वरिष्ठ नेता हुन्। खलील हक्कानीका भाइ हक्कानी नेटवर्कका संस्थापक थिए।
उनका भतिजा सिराजुद्दीन हक्कानी तालिबान सरकारमा गृहमन्त्री छन्। सिराजुद्दीन अमेरिकाको मोस्ट वान्टेड व्यक्तिको सूचीमा पनि परेका थिए ।
तालिबान सरकारको सूचना तथा संस्कृति मन्त्रालयका प्रवक्ताले पनि खलिलुर रहमान हक्कानीको मृत्यु भएको पुष्टि गरेका छन् । साथै यस मृत्युको लागि ‘शहीद’ शब्द मात्र प्रयोग गर्न मिडियालाई आग्रह गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण