डेडिकेटेड र ट्रंक लाइन महसुस विवाद : असम्बन्धित कम्पनीको बिजुली नरोक्न उच्च अदालतको आदेश
काठमाडौँ । उच्च अदालत पाटनले विद्युत् महसुल बक्यौता असुल गर्ने नाममा असम्बन्धित कम्पनीहरूको विद्युत् नरोक्न नेपाल विद्युत् प्राधिकरणको नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश नारायणप्रसाद रेग्मीको इजलासले पियोर इनर्जी लिमिटेडले विद्युत् बिक्री बापतको रकमको भुक्तानी नरोक्न भनी अन्तरिम आदेश जारी गरेको हो ।
डेडिकेटेड र ट्रंक लाइन महसुल भुक्तानीको बारेमा विभिन्न उद्योगी/व्यवसायी र नेपाल विद्युत् प्राधिकरणको विवाद जारी रहँदा उच्चले बुधवार यस्तो आदेश गरेको हो ।
बक्यौता नबुझाएको भन्दै विद्युत् प्राधिकरणले सञ्चालकहरू आबद्ध रहेको जलविद्युत् आयोजनाको भुक्तानी काट्न थाले पछि उच्चले अन्तरिम आदेश जारी गरेको हो ।
पवन गोल्यानको समेत लगानी रहेको पियोर इनर्जी लिमिटेडको लाइन काटेपछि उच्चमा रिट दायर भएको थियो । गोल्यानले सञ्चालन गरिरहेको रिलायन्स स्पिनिङ मिल्स् लिमिटेडसँगको महसुल भुक्तानी विवादमा प्राधिकरणविरुद्ध उच्चमा रिट दायर गरेको हो ।
करिब ७५ करोडको महसुल विवादमा उच्चले अन्तरिम आदेश जारी गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण