डेडिकेटेड र ट्रंक लाइन महसुस विवाद : असम्बन्धित कम्पनीको बिजुली नरोक्न उच्च अदालतको आदेश

काठमाडौँ । उच्च अदालत पाटनले विद्युत् महसुल बक्यौता असुल गर्ने नाममा असम्बन्धित कम्पनीहरूको विद्युत् नरोक्न नेपाल विद्युत् प्राधिकरणको नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश नारायणप्रसाद रेग्मीको इजलासले पियोर इनर्जी लिमिटेडले विद्युत् बिक्री बापतको रकमको भुक्तानी नरोक्न भनी अन्तरिम आदेश जारी गरेको हो ।
डेडिकेटेड र ट्रंक लाइन महसुल भुक्तानीको बारेमा विभिन्न उद्योगी/व्यवसायी र नेपाल विद्युत् प्राधिकरणको विवाद जारी रहँदा उच्चले बुधवार यस्तो आदेश गरेको हो ।
बक्यौता नबुझाएको भन्दै विद्युत् प्राधिकरणले सञ्चालकहरू आबद्ध रहेको जलविद्युत् आयोजनाको भुक्तानी काट्न थाले पछि उच्चले अन्तरिम आदेश जारी गरेको हो ।
पवन गोल्यानको समेत लगानी रहेको पियोर इनर्जी लिमिटेडको लाइन काटेपछि उच्चमा रिट दायर भएको थियो । गोल्यानले सञ्चालन गरिरहेको रिलायन्स स्पिनिङ मिल्स् लिमिटेडसँगको महसुल भुक्तानी विवादमा प्राधिकरणविरुद्ध उच्चमा रिट दायर गरेको हो ।
करिब ७५ करोडको महसुल विवादमा उच्चले अन्तरिम आदेश जारी गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विप्लवको प्रश्न : आयोग बनाउने भत्काउने किन गरिराखेको ?
-
भिजिट भिसा प्रकरणको अनुसन्धानको लागि उच्चस्तरीय छानबिन आयोग चाहिन्छ : रास्वपा
-
इजरायल–इरान युद्धबिच नेपालीको सुरक्षामा के गर्दै छ सरकार ?
-
अपराध अनुसन्धान गर्न सीसीटीभीसहित ‘स्मार्ट भ्यान’को प्रयोग
-
सुदूरपश्चिम विश्वविद्यालयलाई नमुना विश्वविद्यालय बनाउने मुख्यमन्त्री शाहको प्रतिबद्धता
-
सरकारले कोठाभित्र बोलाएर बाहिर निस्किने ढोका बन्द गरिदियो: इप्पान