मन्धानाको शतकबाबजुद भारतविरुद्ध अस्ट्रेलियाको ‘ह्वाइट वास’
वाका । तेस्रो एकदिवसीयमा भारतीय महिला टोलीलाई ८३ रनले हराउँदै अस्ट्रेलियन महिला टोलीले एकदिवसीय शृङ्खला ३–० ले ह्वाइट वास गर्न सफल भएको छ ।
अन्तिम खेलमा २ सय ९९ रनको लक्ष्य पछ्याएको भारतले ४५.१ ओभरमा सबै विकेट गुमाएर २ सय १५ रन मात्र बनाउन सक्यो । टोलीका लागि स्मृति मन्धानाले सर्वाधिक १ सय ५ रनको योगदान दिइन् । उनले १ सय ९ बलमा १४ चौका र १ छक्का प्रहार गरिन् ।
हर्लिन देओलले ३९ रन बनाइन् भने कप्तान हरमनप्रित कौरले १२ तथा जेमिमा रोड्रिग्वेजले १६ रन जोडिन् । अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
भारतलाई सस्तोमा समेट्न एस्ली गार्डनरले १० ओभर बलिङ गर्दै मात्र ३० रन खर्चेर ५ विकेट लिइन् । त्यसैगरी मेगन स्कहट र एलाना किंगले २–२ विकेट लिइन् । एनाबेल सदरल्याण्डले १ विकेट हात पारिन् ।
यसअघि, सदरल्याण्डको शतकको मद्दतले अस्ट्रेलियाले निर्धातिर ५० ओभरमा ६ विकेटको क्षतिमा २ सय ९८ रन बनाएको थियो । उनले मात्र ९५ बलमा ११० रन जोडिन् ।
त्यस्तै, गार्डनर र कप्तान ताहलिया म्याकग्राले अर्धशतकीय इनिङ्स खेल्दे क्रमशः ५० र ५६ रन जोडे । भारतका लागि अरुनधति रेड्डीले ४ तथा दीप्ति शर्माले १ विकेट लिइन् ।
अस्ट्रेलियाले शृङ्खलाको पहिलो खेल ५ विकेटले जितेको थियो भने दोस्रो खेलमा टोली १ सय २२ रनले विजयी बनेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो
-
नेपालगन्जमा ऐतिहासिक तलाउ मासिँदै
-
महिनाकाे पहिलाे दिन कुन राशिकाे लागि शुभ ? हेर्नुहाेस् राशिफल
-
इरानसँगको सम्झौता पूर्ण भयो: राष्ट्रपति ट्रम्प
-
जापानको सानदार ‘कमब्याक’, नेदरल्यान्ड्ससँग २–२ को बराबरी
-
८९औँ मिनेटमा ओगावाको गोलले खेल बराबरीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण