एनपीएलमा आज : पोखरा र विराटनगर तथा जनकपुर र काठमाण्डु भिड्दै
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज पनि दुई खेल हुने भएका छन् । पहिलो खेलमा पोखरा एभेन्जर्स र विराटनगर किंग्सबिच प्रतिस्पर्धा हुनेछ । खेल कीर्तिपुरस्थित टियू मैदानमा बिहान ९ बजे सुरु हुनेछ ।
यी दुवै टोलीलाई प्लेअफको सम्भावना कायम राख्न जित्नैपर्ने आवश्यकता छ ।चार खेल खेलिसक्दा पोखरा र विराटनगरले समान १ खेल जित्दै २ अंक मात्र जोडेका छन् भने तीन खेलमा पराजित भएका छन् ।
आज हुने दोस्रो खेलमा जनकपुर बोल्ट्स र काठमाण्डु गुर्खाज भिड्दै छन् । खेल त्रिवि क्रिकेट मैदानमा दिउँसो १ बजेदेखि सुरु हुनेछ ।
जनकपुर हिजो सुदूरपश्चिमसँग हारेको थियो । यो जनकपुरको पहिलो हार थियो । हिजै भएको दोस्रो खेलमा काठमाण्डुले भने शानदार जित हात पारेको थियो ।
जनकपुरले सुरूवाती चारवटा खेल जितेर प्रतियोगितामा शानदार प्रदर्शन गरिरहँदा बुधबार भने ५१ रनमा अलआउट हुँदै पहिलो हार व्यहोरेको थियो । उक्त हारपछि सुरूवातदेखि अंकतालिकाको शीर्षस्थानमा रहेको जनकपुर दोस्रो स्थानमा झरेको छ । यद्यपि आजको खेल जिते मात्र पनि जनकपुर प्लेअफमा पुग्नेछ ।
काठमाण्डुले पनि आजको खेल जितेमा प्लेअफमा छनोट हुने सम्भावना अझै बलियो बनाउने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण