भारतको जी–नेटवर्कले किन्यो ‘ह्रस्व दीर्घ’को ओटीटी र स्याटेलाइट
काठमाडौँ । गत कात्तिक ३० गतेबाट नेपालमा प्रदर्शन भएको फिल्म (टिभी) राइट्स भारतीय कम्पनी जी–नेटवर्कले किनेको छ । बुधबार फिल्मकी निर्मात्री तथा अभिनेत्री निता ढुंगाना र अभिनेता हरिहर अधिकारीसँग जी–नेटवर्कका अधिकारीले दुईवटा राइट्स खरिद सम्झौता गरेका हुन् ।
जी–नेटवर्कले फिल्मको राइट्स किनेको निता र हरिहरले फेसबुकमार्फत जानकारी दिएका छन् । फिल्मको जापान प्रदर्शन सकाएर सिधै भारत पुगेका हरिहर र निताले मुम्बईस्थित जी–नेटवर्कको मुख्यालय नै पुगेर फिल्मको सम्झौता गरेका हुन् । उनीहरूको साथमा ‘ह्रस्व दीर्घ’का छायाकार कवीरलाल पनि थिए । कवीरलाल बलिउडका प्रख्यात छायाकार हुन् ।
जी–नेटवर्कले फिल्मको दुईवटा राइट्स कति मूल्यमा खरिद गरेको हो भन्ने खुलाइएको छैन । जी–नेटवर्क भारतको ठुलो मिडिया समूह हो । विश्वभर ४५ बढी टिभी च्यानल सञ्चालन गरिरहेको यो कम्पनीको ओटीटी प्लाटफर्म भने ‘जी फाइभ’ हो ।
जी–नेटवर्क अन्तर्गतका टेलिभिजन र ‘जी फाइभ’ ओटीटी प्लाटफर्ममा रिलिज हुने ‘ह्रस्व दीर्घ’ पहिलो नेपाली फिल्म हुनेछ । यो नेपाली फिल्मका लागि ठुलो उपलब्धि हो ।
फिल्ममा नेपाली निता र हरिहरको अलवा दक्षिण भारत (साउथ)का चर्चित कलाकार ब्रह्मानन्दम, अली, सुनिल बर्मा, प्रदीप रावत र कबीर दुहन सिंहको पनि अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण