भारतको जी–नेटवर्कले किन्यो ‘ह्रस्व दीर्घ’को ओटीटी र स्याटेलाइट
काठमाडौँ । गत कात्तिक ३० गतेबाट नेपालमा प्रदर्शन भएको फिल्म (टिभी) राइट्स भारतीय कम्पनी जी–नेटवर्कले किनेको छ । बुधबार फिल्मकी निर्मात्री तथा अभिनेत्री निता ढुंगाना र अभिनेता हरिहर अधिकारीसँग जी–नेटवर्कका अधिकारीले दुईवटा राइट्स खरिद सम्झौता गरेका हुन् ।
जी–नेटवर्कले फिल्मको राइट्स किनेको निता र हरिहरले फेसबुकमार्फत जानकारी दिएका छन् । फिल्मको जापान प्रदर्शन सकाएर सिधै भारत पुगेका हरिहर र निताले मुम्बईस्थित जी–नेटवर्कको मुख्यालय नै पुगेर फिल्मको सम्झौता गरेका हुन् । उनीहरूको साथमा ‘ह्रस्व दीर्घ’का छायाकार कवीरलाल पनि थिए । कवीरलाल बलिउडका प्रख्यात छायाकार हुन् ।
जी–नेटवर्कले फिल्मको दुईवटा राइट्स कति मूल्यमा खरिद गरेको हो भन्ने खुलाइएको छैन । जी–नेटवर्क भारतको ठुलो मिडिया समूह हो । विश्वभर ४५ बढी टिभी च्यानल सञ्चालन गरिरहेको यो कम्पनीको ओटीटी प्लाटफर्म भने ‘जी फाइभ’ हो ।
जी–नेटवर्क अन्तर्गतका टेलिभिजन र ‘जी फाइभ’ ओटीटी प्लाटफर्ममा रिलिज हुने ‘ह्रस्व दीर्घ’ पहिलो नेपाली फिल्म हुनेछ । यो नेपाली फिल्मका लागि ठुलो उपलब्धि हो ।
फिल्ममा नेपाली निता र हरिहरको अलवा दक्षिण भारत (साउथ)का चर्चित कलाकार ब्रह्मानन्दम, अली, सुनिल बर्मा, प्रदीप रावत र कबीर दुहन सिंहको पनि अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाराष्ट्र रेल दुर्घटनामा निधन हुने नेपाली सबैको पहिचान खुल्यो
-
आँधी प्रभावित क्षेत्र पुगेर ट्रम्पले दिए संघीय आपतकालीन एजेन्सी भङ्ग गर्ने चेतावनी
-
शनिबार आज कसलाई कति लाभ ? हेर्नुहोस् राशिफल
-
अमेरिकी डलरको मूल्य घट्दा युरो, पाउन्ड स्ट्रलिङ, अष्ट्रेलियन डलर र क्यानेडियन डलरको भाउ बढ्यो
-
स्पेनिस ला लिगा ओसासुना र लस पल्मसले अंक बाँडे
-
शिक्षालाई १ नम्बरमा राखेर लगानी गर्न सरकार तयार : मन्त्री भट्टराई