पुँजीबजार चलायमान हुन लगानीकर्ताको मनोबल उच्च हुन आवश्यकः बोर्ड अध्यक्ष श्रेष्ठ

काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पुँजीबजार चलायमान हुन लगानीकर्ताको मनोबल उच्च हुन आवश्यक रहेको बताएका छन् ।
इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)ले आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा बोल्दै उनले बोर्डले लगानीकर्ताको सुरक्षाको लागि पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताए ।
उनले लगानीकर्ताको मनोबल उच्च भए मात्रै बजार चलायमान र पुँजीबजारको विकास हुने उल्लेख गरे । उनले लगानीकर्ताले आफ्नो लगानीको सुरक्षा हुँदा मात्रै सुरक्षित महशुस गर्ने बताए ।
श्रेष्ठले भने,‘पुँजीबजार चलायमान हुन लगानीकर्ताको मनोबल उच्च हुन आवश्यक हुन्छ । बोर्डले लगानीकर्ताको सुरक्षाको लागि लगानीकर्ताको मनोवल उच्च हुन आवश्यक छ । लगानीकर्ताले आफ्नो लगानीको सुरक्षा हुँदा मात्रै सुरक्षित महशुस गर्नुहुन्छ । लगानीकर्ताको लगानी सुरक्षा गर्नु बोर्डको जिम्मेवारी हो । तर पनि पुँजीबजारसँग सरोकार राख्ने सबैले प्राथमिकतामा राखेर काम गर्नुपर्छ । पुँजीबजारको दायरा बढाउँदै लैजानुपर्छ । अहिले सिमित रुपमा मात्रै भएर बसेको छ । स्टक ब्रोकर्सहरुको भुमिका पनि बढाउँदै लैजानुपर्छ । मार्केट स्टुमेण्टहरु ल्याउन आवश्यक छ । त्यसको लागि बोर्ड काम गर्न तयार छ । ठूला र रियल क्षेत्रका उद्योगहरुलाई लागत घटाउन मद्दत गर्छ ।’
स्टक ब्रोकर एशोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकालले पुँजीबजारलाई राज्यले हेर्ने दृष्टिकोण परिवर्तन गर्न आवश्यक रहेको बताए । उनले नेपालको पुँजीबजारलाई विकास गर्नको निम्ती ब्रोकर व्यवसायीहरुले दिइएका सुझावलाई कार्यान्वयन गर्न आवश्यक रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१४ प्रतिशत दलित समुदायलाई १ प्रतिशत बजेट !
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
संघीय संसद्को दुवै बैठक बस्दै : सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल
-
सुनाखरी मध्यवर्ती सामुदायिक ‘होमस्टे’मा पहुना आकर्षित हुँदा व्यवसायी उत्साहित
-
२ सय पटक सर्पले टोकेपछि मान्छेको रगतमै बन्यो एन्टिभेनम
-
जेलेन्स्कीले भने- दबाब बिना रुसले युक्रेनसँगको युद्ध अन्त्य गर्दैन