जाडोयाममा न्यूनतम तापक्रम सरदर भन्दा बढी हुने
बिहीबार, २७ मङ्सिर २०८१, ११ : ४३
_HNtvx0wZSa.jpg)
काठमाडौँ । यो वर्ष देशभर जाडोयाममा न्यूनतम तापक्रम सरदर भन्दा बढी हुने अनुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको हावापानी विज्ञान महाशाखाले न्यूनतम तापक्रम देशभर सरदर भन्दा बढी हुने सम्भावना रहेको औँल्याएको हो ।
बागमती प्रदेशका अधिकांश भू–भाग र मधेस प्रदेशका पश्चिमी भू–भागमा न्यूनतम तापक्रम सरदर भन्दा बढी हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको छ । यस्तै, कर्णाली प्रदेशका अधिकांश भू–भाग, लुम्बिनी प्रदेशका अधिकांश भू–भाग, गण्डकी प्रदेशका दक्षिणी तथा पश्चिमी भू–भाग, मधेस प्रदेशका पूर्वी भू–भाग र कोशी प्रदेशका दक्षिणी भू–भागमा न्यूनतम तापक्रम सरदर भन्दा बढी हुने सम्भावना ४५ देखि ५५ प्रतिशत महाशाखाले जनाएको छ ।
देशका बाँकी भू–भागमा न्यूनतम तापक्रम सरदर भन्दा बढी हुने सम्भावना ३५ देखि ४५ प्रतिशत छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल : लिगबाट बाहिरिएको चेन्नईको कोलकातामाथि रोचक जित
-
१२ बजे, १२ समाचार : पाकिस्तान लक्षित आक्रमणपछि छत्तीसगढमा २२ माओवादी मारिएदेखि दुई लाख घुससहित अदालतका कम्युटर अपरेटर पक्राउसम्म
-
हेटौंडा गाडी बेपत्ता घटना : भासिएको स्थानको पानी सङ्कलन गरी परीक्षणका लागि पठाइयो
-
छत्तीसगढमा भारतीय प्रहरीको एक्सन : २२ माओवादी मारिएको दाबी
-
केयु र एनपीआइबिच समझदारीपत्रमा हस्ताक्षर
-
स्रोत नखुलेको १४ लाखसहित दुई जना पक्राउ