जाडोयाममा न्यूनतम तापक्रम सरदर भन्दा बढी हुने
बिहीबार, २७ मङ्सिर २०८१, ११ : ४३
काठमाडौँ । यो वर्ष देशभर जाडोयाममा न्यूनतम तापक्रम सरदर भन्दा बढी हुने अनुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको हावापानी विज्ञान महाशाखाले न्यूनतम तापक्रम देशभर सरदर भन्दा बढी हुने सम्भावना रहेको औँल्याएको हो ।
बागमती प्रदेशका अधिकांश भू–भाग र मधेस प्रदेशका पश्चिमी भू–भागमा न्यूनतम तापक्रम सरदर भन्दा बढी हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको छ । यस्तै, कर्णाली प्रदेशका अधिकांश भू–भाग, लुम्बिनी प्रदेशका अधिकांश भू–भाग, गण्डकी प्रदेशका दक्षिणी तथा पश्चिमी भू–भाग, मधेस प्रदेशका पूर्वी भू–भाग र कोशी प्रदेशका दक्षिणी भू–भागमा न्यूनतम तापक्रम सरदर भन्दा बढी हुने सम्भावना ४५ देखि ५५ प्रतिशत महाशाखाले जनाएको छ ।
देशका बाँकी भू–भागमा न्यूनतम तापक्रम सरदर भन्दा बढी हुने सम्भावना ३५ देखि ४५ प्रतिशत छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण