नेपाल प्रिमियर लिग क्रिकेट
तस्बिरमा हेर्नुहोस्, एनपीएलको पहिलो सुपर ओभरको रोमाञ्च
बिहीबार, २७ मङ्सिर २०८१, १२ : ५०

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा खेलिएको पहिलो सुपर ओभरमा पोखरा एभेन्जर्सले विराटनगर किंग्सलाई पराजित गरेको छ । २० औँ खेलमा जितका लागि १९ रन पछ्याएको विराटनगरले ५ रन मात्र बनायो । पोखराका लागि बलिङ गर्न आएका रेमन राइफर खेलमा नायक बने ।
यसअघि, सुपर ओभरमा विराटनगरका लागि कप्तान सन्दीप लामिछाने पहिले बलिङ गर्न आएका थिए । उनको पहिलो दुई बलमा पोखराका रेमन राइफरले दुई छक्का प्रहार गरे भने चौथो बलमा चौका हिर्काएका थिए । पोखराले सुपर ओभरमा १८ रन जोडेको थियो ।
यसअघि निर्धारित ओभरको खेल बराबरीमा टुंगिएको थियो । १ सय ४० लक्ष्य पछ्याएको पोखराले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ३९ रन बनायो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्घ र प्रदेशको अधिकारको विवादले वन मुद्दा फछ्र्यौट हुनै सकस
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मनसुनीसहित तीन वायु थप सक्रिय, आज यी पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना
-
यस्तो छ बुधबारको लागि विदेशी मुद्राको विनिमय दर
-
अहमदाबाद विमान दुर्घटनाः १ सय २४ जनाको शव परिवारलाई बुझाइयो
-
रामघाट सुर्खेतमा व्यावसायिक लिची खेती आकर्षण