११ औँ राष्ट्रिय महाधिवेशनमा ओली सर्वसम्मत अध्यक्ष बन्नुहुन्छ : विष्णु पौडेल
काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनले सहमतिमै नेतृत्व चयन गर्ने बताएका छन् । अर्थमन्त्री समेत रहेका पौडेलले रासससँग कुरा गर्दै पार्टीको एघारौँ राष्ट्रिय महाधिवेशन नीति र नेतृत्व दुवै प्रश्नमा पूर्ण सहमतिका साथ सम्पन्न हुने बताएका हुन् ।
‘अन्य पदहरुमा निर्वाचन भएछ भने पनि मूल नेतृत्वमा, अध्यक्ष पदमा निर्वाचन हुने कुनै सम्भावना छैन’, पौडेलले भनेका छन्, ‘नेकपा एमालेलाई मात्र होइन, सिङगो राष्ट्रलाई सफल नेतृत्व प्रदान गर्नुभएका पार्टी अध्यक्ष केपी शर्मा ओलीकाविरुद्ध कसैले उम्मेवारी दिन्छ भन्ने मलाई लाग्दैन ।’
एघारौँ महाधिवेशनपछि पनि केपी ओली नै अध्यक्ष रहि रहनुहुन्छ ? भन्ने प्रश्नमा पौडेलले भने अध्यक्ष ओलीले एमालेलाई मात्र नभई सिङगो राष्ट्रलाई योग्यतापूर्वक नेतृत्व गरिरहेको दाबी गरेका छन् । ‘उहाँको क्षमता, सक्रियता र नतिजामूलक कामसँग तुलना गर्ने अर्को कुनै नेता नेकपा एमालेमा छैन । अनि किन खोज्नु प¥यो नेतृत्वको विकल्प ?’, प्रश्न गर्दै उनले भनेका छन्, ‘नेतृत्व भनेको रहरको बिषय पनि होइन । यो त इतिहास, योगदान, क्षमता र राष्ट्र तथा अन्तराष्ट्रमा स्वीकार्यताको बिषय पनि हो । म स्पष्ट भाषामा भन्न चाहन्छु, एघारौँ राष्ट्रिय महाधिवेशनबाट सर्वसम्मतिका साथ उहाँ नै अध्यक्षमा निर्वाचित हुनुहुन्छ । यस बिषयमा कोही पनि द्विविधामा रहन आवश्यक छैन । ’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण