गाउँलेले भूतको आवाज ठानेपछि एक युवक तीन दिनसम्म इनारमा अड्किन बाध्य
काठमाडौँ । एक २२ वर्षीय युवक तीन दिनसम्म १२ मिटर गहिरो इनारमा तीन दिनसम्म अड्किएर बस्न बाध्य भएका छन् । गाउँलेले उनको आवाजलाई भूतको आवाज ठानेपछि उनीहरू इनारको छेउसम्म पनि नपुगेका हुन् ।
लिउ छुयानी नाम गरेका चिनियाँ युवक किन थाइल्याण्ड र म्यानमारको सीमामा रहेको जंगलमा पुगे भन्ने नखुले पनि उनी एउटा सानो गाउँ नजिकै रहेको इनारमा खस्न पुगेका थिए । अधिकारीले ट्रेकिङ गर्ने क्रममा उनी १२ मिटर गहिरो इनारमा खस्न पुगेको अनुमान लगाएका छन् ।
इनारमा खस्दा उनलाई गम्भीर चोट लागेको छ । उनको हात भाँचिनुका साथै मस्तिष्कमा पनि कनकसन भएको बताइएको छ । सुरुमा उनले ठुलो स्वरमा चिच्याएर मद्दत माग्ने प्रयास गरेका थिए । तर, घण्टौँ बित्दा पनि कोही पनि उनको उद्धारका लागि आएनन् ।
उनले यसरी आफू चाँडै थाक्ने र उद्धारको सम्भावना झनै कम हुने ठाने । त्यही भएर आफ्नो ऊर्जा बचाएर इनारमा उनी तीन दिन र तीन रात बिताए । पानी र खाना विना उनको ऊर्जा बचाउने नीति सही साबित भयो ।
सुरुमा निरन्तर मद्दतका लागि चिच्याएका उनले त्यसपछि एक घण्टामा एक मात्र चिच्याउन थाले । धेरैपटक उनको आवाज सुनिएन । तर, जसले सुने उनीहरूले पनि यसलाई भूतको आवाज हो भनेर ठाने । मानिसहरू इनारको नजिक जानुको साटो डराएर झनै टाढा भागे ।
तर, भाग्यवश कोहीले प्रहरीलाई जंगलबाट अनौठो आवाज आइरहेको बारे प्रहरीलाई सूचना दिए । प्रहरीले यसबारे अनुसन्धान गर्दै जाँदा इनारसम्म पुगेर उनको उद्धार गरेका थिए । उनलाई उद्धार गर्न करिब ३० मिनेट लागेको थियो ।
लिउ किन यति टाढा पुगे भन्ने कुरा अझै रहस्य रहेको छ । प्रहरीले हाल उनी अस्पतालमा उपचाररत रहेको र डिस्चार्ज हुने बित्तिकै यसबारे सोधपुछ गरिने बताएको छ ।
अडिटी सेन्ट्रल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण