यू–१९ एसिया महिला कप खेल्न जाने टोलीको बिदाइ
बिहीबार, २७ मङ्सिर २०८१, १८ : ४५
काठमाडौँ । एसीसी यू–१९ एसिया महिला कप खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ । बिहीबार नेपाल क्रिकेट संघ (क्यान)ले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा एक कार्यक्रम आयोजना गरी यू–१९ एसिया महिला कप खेल्न जाने टोलीको बिदाइ गरेको हो ।
एसीसी यू–१९ एसिया महिला कप यही डिसेम्बर १५ देखि २२ सम्म मलेसियामा हुँदै छ । नेपाल, भारत र पाकिस्तान समूह ‘बी’ मा छन् । नेपालले डिसेम्बर १६ मा पाकिस्तान र डिसेम्बर १७ मा भारतसँग खेल्ने छ ।
नेपाली टोली पूजा महतो (कप्तान), सोनी पाख्रिन (उपकप्तान), एलिसा कुमारी यादव, साना प्रविन, ज्योत्सनिका मरासिनी, कुसुम गोदार, सावित्रा धामी, कृश्मा गुरुङ, रिया शर्मा, सिमाना केसी, स्नेहा महरा, रचना चौधरी, तृष्णा विक, अनु कडायत, किरण कुमारी कुँवर ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एपीएफले सजिलै हरायो कर्णालीलाई
-
संविधान संशोधनका लागि मोर्चाबन्दीको कसरतमा मधेसवादी दल
-
चन्द्रागिरिमा युवतीमाथि चक्कु प्रहार : आरोपीको बयान– विदेशबाट पैसा पठाउँथे, अहिले चिन्दिनँ भनिन्
-
कान सफा गर्दा ध्यान दिनुपर्ने कुरा
-
रातो अङ्गुरले पुरुषको यौन क्षमता बढाउँछ : अध्ययन
-
विपिन जोशीको रिहाइबारे आरजु : थप आशावादी भएका छौँ