यू–१९ एसिया महिला कप खेल्न जाने टोलीको बिदाइ
बिहीबार, २७ मङ्सिर २०८१, १८ : ४५
काठमाडौँ । एसीसी यू–१९ एसिया महिला कप खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ । बिहीबार नेपाल क्रिकेट संघ (क्यान)ले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा एक कार्यक्रम आयोजना गरी यू–१९ एसिया महिला कप खेल्न जाने टोलीको बिदाइ गरेको हो ।
एसीसी यू–१९ एसिया महिला कप यही डिसेम्बर १५ देखि २२ सम्म मलेसियामा हुँदै छ । नेपाल, भारत र पाकिस्तान समूह ‘बी’ मा छन् । नेपालले डिसेम्बर १६ मा पाकिस्तान र डिसेम्बर १७ मा भारतसँग खेल्ने छ ।
नेपाली टोली पूजा महतो (कप्तान), सोनी पाख्रिन (उपकप्तान), एलिसा कुमारी यादव, साना प्रविन, ज्योत्सनिका मरासिनी, कुसुम गोदार, सावित्रा धामी, कृश्मा गुरुङ, रिया शर्मा, सिमाना केसी, स्नेहा महरा, रचना चौधरी, तृष्णा विक, अनु कडायत, किरण कुमारी कुँवर ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो
-
नेपालगन्जमा ऐतिहासिक तलाउ मासिँदै
-
महिनाकाे पहिलाे दिन कुन राशिकाे लागि शुभ ? हेर्नुहाेस् राशिफल
-
इरानसँगको सम्झौता पूर्ण भयो: राष्ट्रपति ट्रम्प
-
जापानको सानदार ‘कमब्याक’, नेदरल्यान्ड्ससँग २–२ को बराबरी
-
८९औँ मिनेटमा ओगावाको गोलले खेल बराबरीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण