नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समिति बैठक कपिलवस्तुमा सुरु
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको छैटौँ पूर्ण बैठक पार्टीको केन्द्रीय कार्यालय कपिलवस्तुमा सुरु भएको छ । ‘साम्राज्यवाद र दलाल पुँजीवादका विरुद्ध दृढतापूर्वक मोर्चा खडा गरौँ ! समाजवादको नेतृत्वका लागि पार्टीलाई तयार पारौँ !!’ भन्ने शीर्षकमा महासचिव विप्लव सीले १७ पेज लामो राजनीतिक प्रतिवेदन तयार पारेका छन् ।
बिहीबार सुरु भएको बैठकमा महासचिव विप्लव सीले प्रतिवेदन प्रस्तुत गरेपछि आफ्नो मन्तव्य राखेका थिए ।
मन्तव्यका क्रममा महासचिव विप्लव सीले यो बिचमा पार्टी देशको वास्तविक प्रतिनिधि रहेको र पार्टीले चौतर्फी मोर्चा खोलेर नयाँ सफलता हासिल गरेको दाबी गरे ।
महासचिव विप्लव सीले आफ्नो पार्टीले सबै माओवादी शक्तिहरूसँग एकताको हात अगाडि बढाएको तर ती पार्टीहरू एकताका लागि जिम्मेवार नभएको जिकिर गरे ।
नेपालमा सबै पार्टीहरू असफल भएको र विकल्पको रूपमा आफ्नो पार्टी मात्र रहेको उनले बताए ।
महासचिव विप्लव सीले आउँदो निर्वाचनलाई क्रान्तिको मोर्चाको रूपमा आफ्नो पार्टीले उपयोग गर्ने र त्यसका लागि आफ्नो केन्द्रीय नेताहरूलाई तयारी अवस्थामा रहन निर्देशन समेत दिए ।
महासचिवको प्रस्तावमाथि भोलि केन्द्रीय सदस्यहरूले रिपोर्ट राख्ने कार्यक्रम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण