ओपोलाई ईन–डिस्प्ले फिंगरप्रिण्ट स्क्यानरका लागि प्याटेन्ट प्राप्त
काठमाडौं । ओपोलाई ईन–डिस्प्ले फिंगरप्रिण्ट स्क्यानरका लागि प्याटेन्ट प्रदान गरिएको छ । द स्टेट ईन्टेलेक्चुअल प्रोपर्टी अफिस अफ चाइना (एसआईपीओ)ले कम्पनीलाई उक्त प्याटेन्ट प्रदान गरेको हो ।
प्याटेन्ट फाइलिंगका दौरान देखापरेका तस्विर नियाल्दा स्क्यानरले फोनको तल्लो बेजल भन्दा माथी ठूलै स्थान ओगट्ने देखिन्छ । तस्विर नियाल्दा फिजिकल होम बटन सहितको फोन स्क्रिनमा यसको प्रयोग गरिएको देखिन्छ । तर, भविष्यमा वास्तवमै सार्वजनिक हुँदा भने यसमा ब्यापक परिमार्जन हुने ओपोले बताएको छ । तस्विर सहित प्रस्तुत डक्युमेण्ट्सका आधारमा स्क्यानरको प्रयोग उपकरण अनलकका लागि मात्र नभई भुक्तानी प्राधिकरणका लागि समेत उपयोग हुने देखिन्छ । प्रस्तुत प्याटेन्ट तस्विरमा फिंगरप्रिन्ट राख्ने क्रम र औँलाको कुन भागको पहिचान हुने भन्ने देखाइएको छ ।
तस्विरमा स्क्रिन अन रहेको अवस्थामा समेत यसको प्रयोग गरिएको देखाइएको छ । यसका आधारमा ओपोको नयाँ प्रविधि स्न्यापटिक्सद्वारा विकसित (ओएलईडी प्यानल मुनी प्रकाश फालेर फिंगरप्रिन्ट क्रेज पढ्ने) प्रविधिभन्दा फरक हुनेछ । निकट भविष्यमा नै नेपाली उपभोक्तालाई यस प्रविधि प्रयोगको मज्जा दिन ईन–डिस्प्ले फिंगरप्रिन्ट सेन्सर प्रविधि समाहित उत्पादन ल्याउने योजना भएको ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुत्केरीलाई प्रसूति बिदा ६ महिना पुर्याउने प्रस्ताव
-
सुनसरी घटनामा संयमता र सामाजिक सद्भाव कायम राख्न गगन थापाको अपिल
-
गोपालमान श्रेष्ठको निधनप्रति पूर्णबहादुर खड्काद्वारा दुःख व्यक्त
-
१० बजे १० समाचार : सुनसरीमा सद्भावका लागि अपिल, अस्पतालमा पनि आन्दोलन
-
सुनसरीका यी क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू (सूचनासहित)
-
कर्णालीमा मुख्यमन्त्री नियुक्त, अन्यमा कसरी हुँदै छ एमाले र नेकपाबिच ‘पावर सेयरिङ’ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण