सवारी दुर्घटनामा दुई जनाको मृत्यु
काठमाडौँ । विभिन्न जिल्लामा सवारी दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ । रौतहट र चितवनमा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको हो ।
रौतहटको गौर नगरपालिका–६ सवगडास्थित सडकमा बीआर ०५ एक्स ४६४७ नम्बरको मोटरसाइकल र प्र.२–०३–०१३ प ६६५२ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई बिहीबार बेलुकी दुर्घटना हुँदा बीआर ०५ एक्स ४६४७ नम्बरको मोटरसाइकल चालक गौर नगरपालिका-६ सवगडा बस्ने २२ वर्षीय सुरज साहको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको नारायणी अस्पताल वीरगन्ज पर्सामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका प्र.२–०३–०१३ प ६६५२ नम्बरको मोटरसाइकल चालकको सर्वोत्तम अस्पताल वीरगन्ज पर्सामा उपचार भइरहेको छ ।
त्यस्तै चितवनको भरतपुर महानगरपालिका–२९ दासढुङ्गास्थित सडकमा बा.प्र.०३–००१ ख २५२४ नम्बरको ट्रक र बा.प्र.०१–०१३ च ०११३ नम्बरको बोलेरो एक आपसमा ठक्कर खाई बिहीबार राति दुर्घटना हुँदा बलेरोमा सवार हाल वतन नखुलेका ३५ वर्षीय भिम कटुवालको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका बोलेरो चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायल र हमासले छोडे १५ महिना लामो युद्ध, आइतबारदेखि पूर्ण युद्धविराम लागू हुने
-
चिसो कालीगण्डकीमा र्याफ्टिङ सञ्चालन
-
१२ बजे १२ समाचार : काठमाडौं जिल्ला अदालतमा ६० लाख धरौटी बुझाएर रवि रिहादेखि वकिलमाथि कार्यकर्ताको आक्रमण प्रयाससम्म
-
आरोही कान्छा शेर्पालाई एभरेष्ट टुरिजम लाइफटाइम एचिभमेन्ट अवार्ड
-
क्यान्सरविरुद्धको सबै एचपीभी खोप ल्याइयो
-
खानेपानी अभावमा काकाकुल छन् ९ सय बढी घर परिवार