विप्लवको राजनीतिक दस्ताबेजमाथि समूहगत छलफल जारी
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय समिति बैठक दोस्रो दिन पनि जारी छ । पार्टीको केन्द्रीय कार्यालय कपिलवस्तुमा शुक्रबार बिहान ८ बजेदेखि सुरु भएको बैठकमा महासचिव नेत्रविक्रम चन्द विप्लवले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि समूहगत धारणा राख्ने क्रम जारी रहेको विप्लवको सचिवालयले जनाएको छ ।
बिहीबार बसेको बैठकमा महासचिव विप्लवले ‘साम्राज्यवाद र दलाल पुँजीवादका विरुद्ध दृढतापूर्वक मोर्चा खडा गरौँ, समाजवादको नेतृत्वका लागि पार्टीलाई तयार पारौँ’ शीर्षकसम्बन्धी प्रतिवेदन पेस गरेका थिए । सचिवालयका अनुसार १७ पेज लामो राजनीतिक प्रतिवेदनमाथि अहिले ९ वटा समूहमा विभाजन गरी नेताहरूले आ–आफ्ना विचार व्यक्त गरिरहेका छन् । दिउँसो ३ बजेसम्म २५ जनाले विप्लवको प्रतिवेदनमाथि आ–आफ्ना धारणा राखिसकेका छन् ।
बिहीबार प्रतिवेदन पेस गर्नेक्रममा विप्लवले देशको वास्तविक प्रतिनिधि गर्ने पार्टी नेकपा भएको दाबी गरेका थिए । आफ्नो पार्टीले सबै माओवादी शक्तिहरूसँग एकताको हात अगाडि बढाएको तर ती पार्टीहरू एकताका लागि जिम्मेवार नभएको जिकिर गरेका थिए । नेपालमा सबै पार्टीहरू असफल भएको र विकल्पको रूपमा आफ्नो पार्टी मात्र रहेको बताएका थिए । साथै २०८४ को निर्वाचनलाई क्रान्तिको मोर्चाको रूपमा आफ्नो पार्टीले उपयोग गर्ने र त्यसका लागि आफ्नो केन्द्रीय नेताहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका थिए । बैठक ३० गते सम्पन्न हुने सचिवालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण