‘मिसेस भोग नेपाल’को अडिसन हुँदै
शुक्रबार, २८ मङ्सिर २०८१, १५ : १५
काठमाडौँ । विवाहित, एकल महिला तथा एकल आमाहरूले सहभागिता जनाउन सक्ने प्रतियोगिता ‘मिसेस भोग नेपाल २०२५’को अडिसन शनिबार हुने भएको छ ।
अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न चाहने महिला लक्षित कार्यक्रम हाउस अफ फेसन गर्न लागेको हो । बिहान ९ बजेदेखि प्रारम्भ हुने अडिसनको निर्णायकमा गीता गुरुङ, एलिजा गौतम, रेनुका श्रेष्ठ, पूजा पाख्रिन तथा रिश्मा केसी रहेका छन् ।
मिसेस भोग नेपालको उपाधि जित्ने एक जना प्रतिभाशाली महिलाले नेपाललाई प्रतिनिधित्व गर्दै थाइल्याण्डमा आयोजना हुने मिसेस टुरिजम क्वीन इन्टरनेशनलमा सहभागिताको अवसर पाउने छिन् । यसबाहेक पाँच लाख रुपैयाँ बराबरको उपचार, मोडलिङ सम्झौता, विभिन्न ब्राण्डसँग आबद्ध हुने तथा अन्य अवसरहरू प्राप्त गर्ने आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु
-
आदिवासी जनजाति आयोगले राख्यो संविधानमा २५ बुँदे संशोधनको माग, गैँडालाई राष्ट्रिय जनावर कायम गरिनुपर्ने
-
फेरि जेल जालान् राजपाल यादव ?
-
गणेश नेपाली आत्मदाह प्रकरण छानबिन गर्न समिति गठन
-
नयाँ फाइबर–अप्टिक ड्रोनमार्फत युक्रेनका विद्युत् सबस्टेशनमा रुसी आक्रमण
-
गणेश नेपालीकाे मृत्यु प्रकरणमा बाेले गृहमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण