लेखा समिति सभापति पोखरेलकी पत्नीसहित २६ जनाविरुद्ध मुद्दा दायर
काठमाडौँ । मोरङको धनपालथान गाउँपालिका–३ स्थित उमागौरी कृषि सहकारी संस्थाको रकम अपचलनमा संलग्न आरोपमा २६ जनाविरुद्ध मुद्दा दायर गरिएको छ । जिल्ला सरकारी वकिल कार्यालय मोरङले बिहीबार उनीहरुविरुद्ध अदालतमा मुद्दा दायर गरेको हो ।
संघीय संसद्को सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइरालालाई पनि प्रतिवादी कायम गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका एकजना अधिकृतले रातोपाटीलाई बताए । असोजमा जाहेरी दर्ता गरेर प्रहरीले धनपालथान–४ घर भएका रोशन राजवंशीलाई पक्राउ गरेको थियो । राजवंशी सञ्चालक समिति सदस्य हुन् ।
सुरुमा १० जना र पछि १६ जनाविरुद्ध पक्राउ अनुमति लिएर अनुसन्धान पुरा गरेर प्रतिवेदन बुझाएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी बेद प्रकाश जोशीले रातोपाटीलाई बताए । उनले भने, ‘उमागौरीको रकम अपचलनमा संलग्न २६ जनालाई प्रतिवादी कायम गर्नुपर्ने राय दिएर हामीले अनुसन्धान प्रतिवेदन बुझाएका छौँ ।’
प्रहरीको प्रतिवेदनको आधारमा सरकारी वकिलले मुद्दा दायर गरेको हो । लेखा समिति सभापति पोखरेल पत्नी अञ्जला उमागौरी पूर्व सञ्चालक हुन् । सहकारी संकटमा परेपछि उनले २०७८ माघ ५ मा राजीनामा दिएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण