कृषि प्राविधिकको विवरण उपलब्ध गराउन मन्त्रालयको आग्रह
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि प्राविधिकको विवरण उपलब्ध गराउन आग्रह गरेको छ । मन्त्रालयले एक सूचना जारी गर्दै साबिकको एक गाविस एक कृषि तथा पशुसेवा प्राविधिक/कृषि स्नातक/पशु चिकित्सकको विवरण उपलब्ध गराउन आग्रह गरेको हो ।
मन्त्रालयले आर्थिक वर्ष २०७२/७३ को ‘एक गा.वि.स. एक कृषि तथा पशुसेवा प्राविधिक कार्यक्रम अनुसार एक गाउँ एक कृषि प्राविधिक व्यवस्थापन कार्यविधि २०७३’ तथा ‘एक गाउँ एक पशु सेवा प्राविधिक व्यवस्थापन कार्यविधि २०७३’ अनुसार कार्यरत कृषि प्राविधिक विवरण माग गरेको हो ।
साविकका गाविसहरू हालको जुन स्थानीय तहमा पर्दछ सोही स्थानीय तहमा कामकाज गर्ने गरी व्यवस्थापन भएका ‘एक गा.वि.स. एक प्राविधिक’ र चालु आर्थिक वर्षमा ‘कृषि स्नातक परिचालन कार्यविधि, २०८१’ अनुसार करारमा कार्यरत ‘कृषि स्नातक’ तथा ‘पशु चिकित्सक’ हरूको विवरण माग गरिएको मन्त्रालयको सो सूचनामा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण