सूर्य नेपाल काठमाडौँ ओपनको उपाधि सदभावले जिते, निरज दुई स्ट्रोकले पराजित

काठमाडौँ । डिफेन्डिङ च्याम्पियन निरज तामाङलाई दुई स्ट्रोकले हराउँदै सदभाव आचार्य सूर्य नेपाल गल्फ टुर २०२४/२५ अन्तर्गत काठमाडौँ ओपनको उपाधि जित्न सफल भएका छन् । आज ६-अन्डर ६२ को सनादार स्कोरमा आचार्यले समग्रमा १५-अन्डर २५७ सहित करियरको चौथो उपाधि आफ्नो नाममा लेखाए । उनले काठमाडौँ ओपनमा भुवन नगरकोटीले बनाएको १४-अन्डर २५८ को रकर्ड तोडेका हुन् ।
उपाधि रक्षा गर्ने दाउमा रहेका निरज तामाङले ३-अन्डर ६५ सहित समग्रमा १३-अन्डर २५९ को स्कोरमा दोस्रो भए । उनले प्रोतर्फ भने पहिलो स्थान प्राप्त गर्दा १ लाख २५ हजार नगद पुरस्कार प्राप्त गरे । दिनेश प्रजापतिले अन्तिम दिन ३-अन्डर ६५ को स्कोर निकाल्दै समग्रमा ८-अन्डर २६४ सहित तेस्रो भए । उनले ८५ हजार नगद हात पारे ।
यसैगरी राहुल विके समग्रमा ६-अन्डर २६६ सहित चौथो भए। उनले अन्तिम दिन ४-अन्डर ६४ स्कोर दर्ज गरे। समग्रमा चौथो भएका उनी एमेच्योरतर्फ भने दोस्रो भए। नेपाल नम्बर एक भुवनले आज ४-अन्डर ६४ सहित समग्रमा ४-अन्डर २६८ सहित पाँचौ हुँदै नगद ६८ हजार जिते। विष्णु प्रसाद शर्मा र जयराम श्रेष्ठले समग्रमा ३-अन्डर २६९ को स्कोरमा संयुक्तरुपमा छौटौं स्थान बाँडे। विष्णुले ३-ओभर ७१ मा खेल सकाए। पहिलो दिनका लिडर जयरामले आज ६-अन्डर ६२ को उत्कृष्ट स्कोर तयार पार्ने क्रममा १३औँ देखि १८औँ हालसम्म लगातार ६ बर्डी प्रहार गरे। उनीहरू दुवैले ५१ हजार ५ सय प्राप्त गरे।
समग्रमा इभन-पार ७२ सहित सञ्जय लामा आठौँ, २-ओभर २७४ सहित दीपक मगर नवौँ र ३-ओभर २७५ सहित तोरण विक्रम शाही क्रमशः आठौँ, नवौँ र दसौँ भए। सञ्जयले आज ४-अन्डर ६४, दीपकले ३-ओभर ७१ र तोरणले ३-अन्डर ६५ बनाए। उनीहरूले क्रमशः ४५ हजार, ३८ हजार र ३५ हजार नगद प्राप्त गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजधानीको बल्खुबाट लागु औषध कारोबारमा संलग्न ४ जना पक्राउ
-
युक्रेनमा रुसी आक्रमण : आठ जनाको मृत्यु
-
राजनीतिक नैतिकता भनेको के हो ?
-
न्यायाधीश नियुक्तिमा सधैँ सकस, कहाँ अड्किन्छ गाँठो ?
-
कस्तो आउँदै छ बागमती सरकारको नीति कार्यक्रम ?
-
फिल्म ‘महाभोज’ काे प्रचारका लागि काठमाडौँका विभिन्न स्थानमा सडक नाटक प्रदर्शन