शुक्रबार, ११ माघ २०८१
ताजा लोकप्रिय

खानेपानीका समस्या समाधान गर्न महत्त्वपूर्ण योजनाहरू अगाडि सारेको छु : मन्त्री यादव

शुक्रबार, २८ मङ्सिर २०८१, २० : ०३
शुक्रबार, २८ मङ्सिर २०८१

हुम्ला । खानेपानीमन्त्री प्रदीप यादवले हुम्लावासीका खानेपानीका समस्या दीर्घकालीन रूपमा समाधान गर्नका लागि महत्त्वपूर्ण योजनाहरू अगाडि सारेको बताएका छन् ।  

आज हुम्लाको सिमिकोट खानेपानी आयोजना अनुगमन तथा निरीक्षण गरे पश्चात मन्त्री यादवले हुम्ला जिल्लावासीका खानेपानीका समस्या दीर्घकालीन रूपमा समाधान गर्न लागि खानेपानी मन्त्रालयबाट यस आर्थिक वर्षमा १७ वटा आयोजनाहरु कार्यान्वयन भइरहेका बताए ।

उनले भने, “म खानेपानीका विषयमा नागरिकलाई परेका दुःख र त्यसको समाधान गर्ने उद्देश्यले दुर्गम जिल्लामा अनुगमनका लागि दौडिरहेको छु । आज हुम्ला आइपुगेको छु । यहाँका नागरिकका पानीका समस्या समाधानका लागि महत्त्वपूर्ण योजनाहरू अगाडि सारेको छु ।”

जलवायु परिवर्तनका कारण पानीका मुहान सुक्न थालेका कारण नागरिकलाई खानेपानीको समस्या भइरहेकाले त्यसको दीर्घकालीन समस्या समाधानका लागि गृह कार्य भइरहेको उनले जानकारी दिए ।  

मन्त्री यादवले आफू मन्त्री पदमा रहे नरहेपनि नेपाली नागरिकका सुख दुःखमा हर हमेसा साथ दिइरहेको प्रतिबद्धता जनाए । उनले हुम्लाको दुर्गम भूगोल र चुनौतीपूर्ण भौतिक अवस्थाका बाबजुद खानेपानी पहुँचको दिगो समाधानका लागि खानेपानी मन्त्रालयबाट यस आर्थिक वर्षमा सरकारले महत्त्वपूर्ण खानेपानी तथा ढल व्यवस्थापनका विभिन्न योजनाहरू अगाडि सारेको जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप