काभा पुरुष क्लब भलिबल : हेल्प नेपाल र क्यालिकटबिच उपाधि भिडन्त
काठमाडौँ । हेल्प नेपाल स्पोटर््स क्लब र भारतका क्यालिकट हिराजले काभा पुरुष क्लब भलिबल च्याम्पियनसिपको उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएको छ ।
शुक्रबार भएका सेमिफाइनलमा हेल्प नेपालले माल्दिभ्सको क्लब एचडिसी र क्यालिकट हिरोजले इरानको य–१८ टोलीलाई हराउँदै उपाधि भिडन्त तय गरेका हुन् । यी दुईबिच शनिबार नै उपाधि भिडन्त हुनेछ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको पहिलो सेमिफाइनलमा क्यालिकटले इरानी युवा टोलीमाथि ३–१ को सेटमा जित निकाल्यो । यससँगै इरानी टोलीले जारी च्याम्पियनसिपमा पहिलो हार व्यहोर्यो । क्यालिकटले पहिलो सेट २५–२१ ले गुमायो । तर त्यसपछि उत्कृष्ट पुनरागमन गर्यो ।
क्यालिकटले इरानी युवा टोलीविरुद्ध दोस्रो सेट २५–२२ र तेस्रो सेट २५–२० ले आफ्नो बनायो । तर चौथो सेट भने रोमाञ्चक बन्यो । यो सेट पनि क्यालिकटले २६–२४ ले आफ्नो बनाउँदै फाइनलमा स्थान बनायो । दोस्रो खेलमा हेल्प नेपालले क्लब एचडिसीलाई ३–० को सोझो सेटमा नै हरायो । पहिलो दुई सेट हेल्प नेपालले २५–१६ र २५–१८ ले सहजै आफ्नो बनायो । तर, तेस्रो सेटमा क्लब एचडिसीले चुनौती दिए पनि हेल्प नेपालले २५–२१ ले आफ्नो बनाउँदै क्यालिकटसँगको उपाधि भिडन्त पक्का गरेको हो ।
पाँच टोली सहभागी च्याम्पिनयनसिपमा शतप्रतिशत जितसहित १० अंक जोड्दै इरानी टोलीले सेमिफाइनलमा स्थान बनाएको हो । समान चार खेलबाट हेल्प नेपालको आठ अंक र क्यालिकटको सात अंक जोडेको थियो । यससँगै सेमिफाइनलमा शिर्ष स्थानको इरानले तेस्रो स्थानको क्यालिकटसँग तथा दोस्रो स्थानको नेपालले चौथो स्थानको माल्दिभ्सको क्लब एचडिसीसँग खेलेका हुन् । नेपालका दुई टोलीसहित चार राष्ट्रका पाँच क्लबले यस च्याम्पियनसिपमा प्रतिस्पर्धा गरेका थिए । क्लब एचडिसीले चार खेलबाट तीन अंक जोडेको छ ।
गण्डकी भने समान खेलबाट दुई अंकसहित पुछारमा रहेको थियो । आठौँ प्रधानमन्त्री कपका शीर्ष दुई टोलीका रूपमा हेल्प नेपाल र गण्डकीले यस च्याम्पियनसिपमा प्रतिस्पर्धा गरेका हुन् । सिगंल राउन्ड रोबिन लिगका आधारमा जारी च्याम्पियनसिपको लिगमा उत्कृष्ट चार टोलीले सेमिफाइनलमा स्थान बनाएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण