५ दिनअघि हराएकी युवती धुलिखेलको जंगलमा मृत फेला
शुक्रबार, २८ मङ्सिर २०८१, २० : ३२
काठमाडौँ । काभ्रेको बनेपाबाट ५ दिनअघि हराएकी युवती धुलिखेलको जंगलमा मृत भेटिएकी छन् । २५ वर्षीया गीता हुमागाईंको शव धुलिखेल नगरपालिका–११ स्थित फस्कोट जंगलमा भेटिएको हो ।
रुखमा झुण्डिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी मिन बहादुर घलेले रातोपाटीलाई बताए ।
बनेपा नगरपालिका–१३ घर भएकी हुमागाईं मंसिर २३ देखि परिवारको सम्पर्कमा थिइनन् । शव पोष्टमार्टमका लागि धुलिखेल अस्पतालमा राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको डीएसपी घलेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण