जेलबाट शनिबार मात्र रिहा भए अल्लु अर्जुन
हैदराबाद । अभिनेता अल्लु अर्जुन शनिबार बिहान हैदराबादको चंचलगुडा सेन्ट्रल जेलबाट रिहा भएका छन् । हैदराबाद प्रहरीले उनलाई शुक्रबार पक्राउ गरी अदालतमा पेस गरेको थियो ।
त्यसको केही समयपछि तेलंगाना उच्च अदालतले उनलाई चार हप्ताको लागि अन्तरिम जमानत दिएको थियो। तर, उनी शुक्रबार राति रिहा भएनन् ।
अल्लु अर्जुनका वकिल अशोक रेड्डीले अल्लु अर्जुन शनिबार बिहान मात्र रिहा भएको जानकारी दिए छन् । उनले भने , ‘उहाँले तेलंगाना उच्च अदालतबाट आदेशको प्रतिलिपि प्राप्त गर्नुभएको थियो, तर यसपछि पनि उनी (अल्लु अर्जुन) रिहा हुनुभएन ।’
‘उच्च अदालतले अल्लु अर्जुनलाई आदेशको प्रतिलिपि प्राप्त गरेलगत्तै रिहा गर्नुपर्ने भनेको थियो, तर त्यसो भएन। यसबारे जवाफ दिनुपर्नेछ र हामी यसको विरुद्ध कानुनी लडाइँ लड्नेछौँ,’ उनले भने ।
चलचित्र ‘पुष्पा–२ : द रुल’ को प्रदर्शनका क्रममा भागदौडमा एक महिलाको मृत्यु भएपछि अल्लु अर्जुनविरुद्ध मुद्दा दायर भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण