पत्रकार महासङ्घ पाल्पाको अध्यक्षमा तिमिल्सिना
रामपुर । नेपाल पत्रकार महासङ्घ पाल्पा जिल्ला शाखाको अध्यक्षमा कमलराज तिमिल्सिना निर्वाचित भएका छन् । नयाँ कार्यसमितिका लागि शुक्रबार भएको निर्वाचनमा अध्यक्ष, सचिव र दलित सदस्य पदमा निर्वाचन भएको हो ।
कार्यसमितिको अन्य पदमा निर्विरोध भएको छ । निर्वाचनमा सचिवमा रामचन्द्र रायमाझी र दलित सदस्यमा हरिबहादुर विक निर्वाचिन भएका छन् ।
उपाध्यक्षमा मुक्तिप्रसाद न्यौपाने (खुल्ला), बन्दना पोखरेल (समावेशी), कोषाध्यक्षमा विजय बौडेल, सहसचिवमा दुर्गेश मल्ल (खुल्ला), दानबहादुर हिस्की (समावेशी), सदस्यहरुमा सुनिल कार्की, दयाराज न्यौपाने, नेत्र गैरे, दिपक ढुंगाना, सुशीला रेग्मी, धनबहादुर ठाडा निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
यस्तै केन्द्रीय परिषद सदस्यमा यज्ञमुर्ति तिमिल्सिना, सीतादेवी डोटेल र राजेन्द्र लिगल, प्रदेश परिषद सदस्यमा कृष्णप्रसाद पोखरेल, दिपक भट्टराई, पवित्रा घिमिरे र इमानसिंह राना निर्विरोध निर्वाचित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेनले रास्वपा महाधिवेशनमा दिए संसद्मा उठेका प्रश्नकाे जवाफ
-
अत्यधिक रक्तश्राव भएकी महिलाको हेलिकाेप्टरमार्फत उद्धार
-
बालेनजी गोल हान्नुस्, म बल पास गर्छु : रवि लामिछाने (पूर्णपाठ)
-
गोल हान्ने गरी हामीले बालेनकाे खुट्टामा बल दिएका छौँ : रवि लामिछाने
-
झुक्किएर बल अन्त गए पनि बालेनको खुट्टामा पास गर्छु : रवि लामिछाने
-
नबोलौँ भन्छु, बोल्ने दिन आइहाल्छ भन्दै बालेन शाहले के-के भने ? (पूर्णपाठसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण