सुशासन र पारदर्शिता कायम गराउन पत्रकारिता क्षेत्रको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री आचार्य
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुशासन र पारदर्शिता कायम गर्न पत्रकारिता क्षेत्रको महत्त्वपूर्ण भूमिका रहने बताएका छन् ।शनिवार नेपाल पत्रकार महासङ्घ अर्घाखाँचीमा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई प्रमाणपत्र हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले सो कुरा बताएका हुन् ।
उनले भ्रष्टाचार अन्त्यका लागि सुशासन र जबाफदेहिता कायम गर्न पत्रकारिता क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको बताए । व्यावसायिक पत्रकारिता अहिलेको आवश्यकता रहेको चर्चा गर्दै मुख्यमन्त्री आचार्यले पत्रकारिता क्षेत्रमा देखा परेका विकृति र विसङ्गति अन्त्यका लागि पनि ध्यान दिन आग्रह गरे । उनले स्वच्छ, स्वस्थ र व्यावसायिक पत्रकारिता अहिलेको आवश्यकता रहेको बताए ।
भ्रष्टाचार अन्त्यका लागि पारदर्शिता गर्न र गराउन पत्रकारिता जगतको महत्त्वपूर्ण भूमिका रहने र त्यो भूमिकालाई अझ सशक्त रूपमा निर्वाह गर्न आग्रह गरे । पत्रकार महासङ्घ अर्घाखाँचीमा गणेश खनालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको थियो । सो अवसरमा मुख्यमन्त्री आचार्यले निर्वाचित पदाधिकारी, कार्यसमिति सदस्य, राष्ट्रिय परिषद् सदस्य, प्रदेश परिषद् सदस्यहरूलाई बधाई तथा शुभकामना ज्ञापन गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेसी दल छापामार शैलीमा एकजुट भए, छापामार शैलीमा टुक्रिए : अध्यक्ष त्रिपाठी
-
तराईका तीन विमानस्थलको उडान अवरुद्ध
-
दैजी–लिप्ना सडक : सात वर्षमा पाँच किमी सडक कालोपत्र
-
समाजवादी प्रेस संगठनमा विशेष महाधिवेशन माग
-
भारतमा भएको रेल दुर्घटनाप्रति परराष्ट्रमन्त्री राणाद्वारा दुःख व्यक्त
-
पार्टी र नेताहरूको आलोचनाका सवाल