बाह्य क्षेत्रको सूचक राम्रो भएपनि आन्तरिक अर्थतन्त्र खस्कियो: अध्यक्ष अग्रवाल
काठमाडौँ । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले बाह्य क्षेत्रको सूचक राम्रो भएपनि आन्तरिक अर्थतन्त्र खस्किएको बताएका छन् ।
नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) को १५ औँ वार्षिक साधारण सभा एवम् सातौँ महासभामा बोल्दै अग्रवालले विदेशी मुद्राको सञ्चितिमा चाप पर्दा लिएको नीतिहरूले गर्दा पछिल्लो समय अर्थतन्त्रलाई थप समस्यामा पारेको बताएका हुन् ।
उनले पछिल्लो समय ऋणको माग नभएको निजी क्षेत्रले ऋण नलिएको भन्ने विषयमा सरकारको स्थिर नीति मुख्य कारण रहेको बताए । उनले युवा पलायन देशको सबैभन्दा ठुलो समस्या रहेकाले त्यसको लागि सूचना प्रविधि क्षेत्रको विकास गरेर युवाहरूलाई रोक्नको लागि आवश्यक पहल गर्न सरकारसँग आग्रह गरे ।
उनले सरकारले नीतिगत स्थिरता र विदेशी लगानी ल्याएर सूचना प्रविधिको विकास गर्नुपर्ने बताए । उनले भने, 'उद्योगहरू ३०/४० प्रतिशतमा चलिरहेका छन्, कर्जा प्रवाह भएन भनिएको छ, दीर्घकालीन जोखिम देखेर व्यवसायीले कर्जा नलिएका हुन् भन्नेबारे खासै चासो दिइएको छैन ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
-
१४ सय दर्शकले हेरे उत्कृष्ट घोषित ६ चिनियाँ फिल्म
-
६ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइन : कार्यवाहक प्रमुख आयुक्त भण्डारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण