काठमाडौँ । महानगर दिवसका विगतका कार्यक्रमलाई निरन्तरता दिँदै काठमाडौँ महानगरपालिकाले यस वर्ष सङ्गीत कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रममा मौलिक खाना तथा पेय पदार्थका स्टल राखिएका छन् । एक वडा एक नमुना उद्यम कार्यक्रमअन्तर्गत उत्पादित सामान तथा वस्तुको प्रदर्शनी पनि राखिएको छ ।
साङ्गीतिक कार्यक्रममा बाबुकृष्ण परियार, इन्द्रकला राई, उर्गेन दोङ्, सुगम पोखरेल एण्ड बाजागाजा ब्यान्ड, केहर लिम्बू एण्ड जोय ब्यान्ड, महेश काफ्ले, अस्मिता अधिकारी, कुमा सागर, दीप श्रेष्ठ, ओमविक्रम विष्ट, जेम्स प्रधान, सुजिल कर्माचार्य, सञ्जय श्रेष्ठ, योगेश्वर अमात्य, रचना रिमाल, सुशान्त घिमिरे, सन्दीप विष्ट, चक्र बामसहित कलाकारको प्रस्तुति रहेको छ ।
१९९६ पुस ३ गते स्थापना गरिएको सफाइ अड्डाको संस्थागत जग महानगरको इतिहास हो । ०५२ साल मङ्सिर २९ गते काठमाडौँ नगरलाई काठमाडौँ महानगर घोषणा गरिएको हो । यसै दिनलाई महानगर दिवसका रूपमा मनाउने गरिएको छ ।
_keaqwcYlCo.jpg)
_SORKQpPV4E.jpg)
_cRF5a1GQRU.jpg)
_ELSoBw7hJ5.jpg)
_4gxrg9yHj5.jpg)
_imYAurHzyj.jpg)
_GJ6pSBHTdm.jpg)
_PkDIlqJMQS.jpg)
_j3xt4Ti7JY.jpg)
_gkMxeinAgu.jpg)
_GjvOoMeeAG.jpg)
_KaI76n6jf2.jpg)
_odolbQH8F4.jpg)
_VtUF4Z37jD.jpg)
_ai1k3OjgZU.jpg)
_OefDDVWRYG.jpg)
_FalbI5uxMd.jpg)
_rUqtxpRmYF.jpg)
_sKSUl7cVrY.jpg)
_vNsxyFTtPM.jpg)
प्रतिक्रिया