कांग्रेस–एमाले गठबन्धन सरकारको प्रतिबद्धतामाथि प्रश्न उठ्न थालिसक्यो : गुरु घिमिरे
काठमाडौँ । नेपाली कांग्रेसका नेता गुरु घिमिरेले वर्तमान सरकारको सात बुँदे प्रतिबद्धतामाथि प्रश्न उठ्न थालेको टिप्पणी गरेका छन् । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालद्वारा आयोजित साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेस–एमाले गठबन्धन सरकार निर्माण हुँदै गर्दा भएको सात बुँदे प्रतिबद्धता लागू नभएको र जनताले प्रश्न उठाउन थालेको बताएका हुन् ।
नेता घिमिरेले सरकार गठन हुँदाको बेलाका प्रतिबद्धता संविधान संशोधन, तीव्र भौतिक विकास, सुशासन, भ्रष्टाचारको न्यूनीकरणलगायतका विषय अगाडि बढ्नै नसकेको बताए । ‘सात बुँदे सहमतिमा खास गरी राजनीतिक स्थिरता, सुशासन, संविधान संशोधन, भ्रष्टाचार नियन्त्रण र तीव्र भौतिक विकास यी मुख्य बुँदाहरू हुन् । यी बुँदाहरूमध्ये प्राथमिकता दिएर सरकार चलाउँछ होला, मुलुकमा रोकिएका सबै कामहरू, मुलुकका विकासका सम्भावनाहरू अगाडि बढाउँछ होला भन्ने एक प्रकारको जनअपेक्षा थियो । त्यो थोर–बहुत अझै पनि बाँकी नै छ,’ उनले भने, ‘तर, सरकार बनेको पाँच महिना भइसकेको छ । यो बिचमा सात बुँदे सहमति भएको थियो, त्यसलाई उच्च प्राथमिकताका साथ अगाडि बढाएको देखिँदैन ।’
जनताले प्रश्न उठाए पनि कांग्रेस–एमालेबिच समझदारी कायम रहेसम्म यो सरकार अंकगणितीय हिसाबले नढल्ने उनले बताए । ‘संसद्का पहिलो ठुलो दल नेपाली कांग्रेस र दोस्रो ठुलो दल एमाले मिलेर सरकार बनेको छ । योभन्दा बलियो सरकार अर्को देखिँदैन,’– उनले भने, ‘सरकार ढल्छ की भन्ने संशय उत्पन्न हुन थालेको छ । तर, मलाई लाग्छ–दुईवटा पार्टी एक ठाउँमा रहुन्जेल सरकार ढल्ने सम्भावना देखिँदैन ।’
साथै, गत २०७९ को संसदीय निर्वाचनपछिको संसदमा एमालेको नेतृत्वमा सरकार बन्छ भन्ने कसैले पनि परिकल्पना नगरेको अवस्थामा अहिले केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेको उनले बताए । उनले देशमा प्रजातान्त्रिक शासन प्रणालीको सट्टा गणतान्त्रिक शासन प्रणाली आए पनि विकासको प्रक्रिया र सत्ताको चरित्रमा बदलाव नरहेको बताए । जुनसुकै दल आएर सरकार चलाए पनि विकासको प्रक्रिया र सत्ताको चरित्रमा बदलाव नआएपछि जनगुनासो र जनआक्रोश बढिरहेको नेता घिमिरेको निष्कर्ष छ ।
साथै, फरक प्रसङ्गमा उनले पार्टी सभापति शेरबहादुर देउवाको दोस्रो कार्यकाल झनै खराब बन्दै गएको टिप्पणी गरे । उनले सभापति देउवाले नेतृत्वमा रहेर भातृ संगठन, शुभेच्छुक संस्था, विदेशी शाखाहरूको अधिवेशन गराउन नसकेको उनले बताए । नेता घिमिरेले सभापति देउवाले निर्धारित समयमा नै १५ औँ महाधिवेशन गराउनेमा पनि उनले आशङ्का व्यक्त गरे ।
‘तीन वर्षको क्रियाकलाप अपेक्षाअनुसार अगाडि बढ्न सकेन । पार्टी सभापतिज्यूको पहिलो कार्यकाल र दोस्रो कार्यकालको हामीले तुलना गर्ने हो भने दोस्रो कार्यकाल अझ खराब भएर गयो । भातृ संगठन, शुभेच्छुक संस्था, विदेशी शाखाहरूको अधिवेशन भएन । चौथो वर्षभित्र महाधिवेशन गराउने प्रक्रिया आजसम्म प्रारम्भ भएन । पार्टी तदर्थवादमै चल्यो, परम्परावादमै चल्यो र पार्टीले नयाँपन दिन सकेन भन्ने कुरामा आज कसैको पनि दुईमत छैन,’– उनले भने ।
नेताहरूले पार्टीलाई आन्तरिक र निजी मामिला बनाउन नहुने घिमिरेले बताए । मुलुकभरिबाट आज कांग्रेसजनहरुले प्रश्न उठाइरहेको र निर्धारित समयमा महाधिवेशन सम्पन्न गराउनुपर्ने उनको माग छ । उनले महाधिवेशन सार्ने परिस्थिति अहिले किन्तु परन्तु नरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधनका लागि मोचाबन्दीको कसरतमा मधेसवादी दल
-
चन्द्रागिरिमा युवतीमाथि चक्कु प्रहार : आरोपीको बयान– विदेशबाट पैसा पठाउँथे, अहिले चिन्दिनँ भनिन्
-
कान सफा गर्दा ध्यान दिनुपर्ने कुरा
-
रातो अङ्गुरले पुरुषको यौन क्षमता बढाउँछ : अध्ययन
-
विपिन जोशीको रिहाइबारे आरजु : थप आशावादी भएका छौँ
-
इन्डिगोको विमानमा बम राखेको धम्की आएपछि...