‘फिरफिरे फिरिरि’ नयाँ पोस्टर रिलिज
काठमाडौँ। हरर कमेडी फिल्म ‘फिरफिरे फिरिरि’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ। नयाँ पोस्टरसँगै चलचित्रको नयाँ मिति सार्वजनिक गरिएको छ। चलचित्र माघ ४ गतेबाट प्रदर्शनमा आउनेछ।
बिन्दबासिनी क्रिएसनको ब्यानरमा निर्माण गरिएको फिल्म मनोजकुमार अधिकारीले निर्माण गरेका हुन्। नितिश पुन सहनिर्माता रहेका छन्। अधिकारीले यस अघि फिल्म ‘नौ डाँडा पारी’ र ‘मङ्गलसूत्र’ निर्माणसँगै अभिनय पनि गरेका थिए ।
पछिल्लो समय संसारभर हरर कमेडी फिल्मले राम्रो दर्शकको साथ पाईरहेको बेला अधिकारीले नेपाली हरर कमेडी फिल्म ‘फिरफिरे फिरिरि’ को निर्माण गरेका हुन्।
फिल्ममा सन्दीप श्रेष्ठ र नवीन भट्टको लेखन रहेको छ । यसै फिल्मबाट सन्दीप श्रेष्ठ र भावना उप्रेतीले नेपाली रजतपटमा डेब्यु गर्दैछन्। चलचित्रलाई नवीन भट्टले निर्देशन गरेका छन्। उनको यो निर्देशनमा डेब्यु चलचित्र हो।
फिल्ममा मनोजकुमार अधिकारी, सन्दीप श्रेष्ठ, भावना उप्रेती, रबिना केसी, पुष्प अवस्थी, सूर्यमान लिम्बु लगायतका कलाकारको अभिनय रहेको छ। फिल्ममा जितु तामाङको छायाङ्कन,रोशन दास,प्रकाश दाहाल र अग्नि सुबेदीको सहायक निर्देशन, केशवराज भट्टको कोरियोग्राफी, एलिस कार्कीको ब्याकग्राउण्ड म्युजिक, प्रशान्त सिवाकोटीको संगीत, अमित श्रेष्ठको साउन्ड डिजाइन, अनन्त घिमिरेको सम्पादन तथा कलर संयोजन रहेको छ। फिल्मलाई देशभर आरआर फिल्म्सले वितरण गर्नेछ। फिल्मको डिजिटल अधिकार म्युजिक नेपालले लिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु
-
आदिवासी जनजाति आयोगले राख्यो संविधानमा २५ बुँदे संशोधनको माग, गैँडालाई राष्ट्रिय जनावर कायम गरिनुपर्ने
-
फेरि जेल जालान् राजपाल यादव ?
-
गणेश नेपाली आत्मदाह प्रकरण छानबिन गर्न समिति गठन
-
नयाँ फाइबर–अप्टिक ड्रोनमार्फत युक्रेनका विद्युत् सबस्टेशनमा रुसी आक्रमण
-
गणेश नेपालीकाे मृत्यु प्रकरणमा बाेले गृहमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण