नेपाल पत्रकार महासङ्घ बागलुङको अध्यक्षमा थापा
गलकोट । नेपाल पत्रकार महासङ्घ बागलुङको अध्यक्षमा राम थापा निर्वाचित भएका छन् । ८औँ जिल्ला अधिवेशनबाट थापा ४६ मतसहित विजयी भएका निर्वाचन समितिका संयोजक हिराबहादुर केसीले जानकारी दिए ।
थापा राष्ट्रिय समाचार समिति राससमा कार्यरत रहेका छन् । थापाका निकटतम प्रतिद्वन्द्वी तारानाथ आचार्यले २३ मत प्राप्त गरेका छन् । पत्रकार महासङ्घ बागलुङको उपाध्यक्षमा सुवास आचार्य ४३ मतसहित निर्वाचित भएका छन् । यस्तै महिला उपाध्यक्षमा सृजना पन्त ५० मतसहित विजयी भएका छन् ।
सचिवमा नारायण रिजाल ४० मतले विजयी हुँदा सहसचिव खुलामा डम्बर बुढामगरले ४३ मत प्राप्त गरेर निर्वाचित भएका छन् । समावेशी सहसचिवमा नवराज नेपाली सर्वसम्मत भएका थिए । यस्तै कोषाध्यक्षमा खेमराज गौतम ४९ मत प्राप्त गरीे विजयी भएका छन् ।
सदस्यमा अर्जुन कार्कीले ४८ मत, प्रदीप पन्तले ४७ मत, प्रकाश बरालले ४५ मत, बालकृष्ण सुवेदीले ४० मतले विजयी भए । महिला सदस्यमा मनिषा शर्मा सर्वसम्मत भइन् । दलित सदस्यमा अनिष खातीले ३६ मत, आदिवासी जनजाति सदस्यमा सङ्गम घर्तीमगरले ५० मत प्राप्त गरी निर्वाचित भएका छन् ।
केन्द्रीय परिषद् महिला सदस्यमा कोपिला कँडेलले ४६ मत विजयी हुँदा केन्द्रीय परिषद् खुला सदस्यमा दिलीप पौडेल ३९ मत प्राप्त गरी निर्वाचित भए । प्रदेश परिषद् सदस्यहरुमा कृष्ण आचार्यले ५० मत, सुवासराज पन्तले ४७ मत, खिमबहादुर कार्कीले ४४ मत, चन्द्रगणेश पौडेलले ४२ मत प्राप्त गरे । प्रदेश परिषद् सदस्यमा लक्ष्मी परियार निर्विरोध भएकी छन् । नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाको स्थापना विसं २०५७ मा स्थापना भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण