नाफिजमा नयाँ कार्यसमिति निर्वाचित, कसले कति मत पाए ?
काठमाडौँ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) मा नयाँ कार्यसमिति चयन भएको छ । शनिबार भएको अधिवेशनबाट मेनुका कार्कीको नेतृत्वमा नाफिजको १० सदस्यीय कार्यसमिति निर्वाचित गरिएको हो ।
कार्की निर्वाचित भएकी छिन् १०० मत पाउँदा उनका प्रतिस्पर्धी इन्द्रबहादुर बानियाँले ८७ मत प्राप्त गरे । त्यस्तै, समितिको उपाध्यक्षमा प्रमिला खतिवडा (पिताम्बरी) र निरोजकुमार थापा निर्वाचित भएका छन् । उनीहरुले क्रमशः १०४ र ९३ मत मत प्राप्त गर्दा अन्य प्रतिस्पर्धी विजय दमासे र परमेश्वर अधिकारीले ९२ र ६५ मत प्राप्त गरे ।
महासचिवमा निकेश खत्री ११२ मतका साथ निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी नविन ढुंगानाले ६६ मत प्राप्त गरे । समितिको सचिवमा राजाराम न्यौपाने १२६ मतसहित निर्वाचित भए । उनका निकटतम प्रतिस्पर्धी चेतनारायण पाण्डेयले ५७ मत प्राप्त गरे ।
कोषाध्यक्षमा मिलन विश्वकर्मा १०२ मतसहित निर्वाचित भए । उनका निकटतम प्रतिस्पर्धी भोला देवकोटा (परिवर्तन) ले ८३ मत प्राप्त गरे । सदस्यहरुमा अनिश मिजार १२०, अनुप आचार्य ११८, सीआर भण्डारी ११६ र शुक्र गिरी १०७ विजयी भए ।
पाँच प्रतिस्पर्धीमध्ये आशुतोष अर्यालले ९२ मत ल्याए पनि निर्वाचित हुन सकेनन् । प्यानल नै बनाएर निर्वाचनमा होमिएका दुई टिममध्ये इन्द्र बानियाँको समूहबाट प्रमिला खतिवडा मात्रै निर्वाचित हुन सकिन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण