नेपाल नर्सिङ सङ्घको अध्यक्षमा चन्द्रकला शर्मा विजयी

काठमाडौँ । नेपाल नर्सिङ सङ्घको अध्यक्षमा चन्द्रकला शर्मा विजयी भएकी छन् । शर्मा नेतृत्वको संयुक्त प्रगतिशील समूहको प्यानल नै विजयी भएको हो ।
शुक्रबारदेखि सुरु सङ्घको निर्वाचनमा अध्यक्षमा शर्मासहित तीनजना प्रतिस्पर्धी रहेका थिए । निर्वाचित शर्माले दुई हजार एक सय ५० मत प्राप्त गर्दा प्रतिस्पर्धी गङ्गाकुमारी थापाले एक हजार तीन सय ७० र वसन्ती थापाले दुई सय ८२ मत प्राप्त गरिन् । वरिष्ठ उपाध्यक्षमा रमेश सुब्बा दुई हजार ६० मत ल्याएर विजयी हुँदा प्रतिस्पर्धी कल्पना श्रेष्ठ जोशीले एक हजार पाँच सय ९७ मत प्राप्त गरे ।
यसैगरी, उपाध्यक्षमा बबिता घिमिरे दुई हजार ११ मत ल्याएर विजयी हुँदा प्रतिस्पर्धी मनिषा कोइरालाले एक हजार पाँच सय ७० मत प्राप्त गरिन् । महासचिवमा डा देवकाकुमारी आचार्य एक हजार सात सय ३३ मतसहित विजयी भइन् भने प्रतिस्पर्धी मीनाकुमारी कार्कीले एक हजार तीन सय ४७ र जानकी धामीले ६ सय २२ मत प्राप्त गरिन् ।
सचिवमा दुई हजार ९० मत प्राप्त गरी बेली पौडेल निर्वाचित हुँदा प्रतिस्पर्धी जया मिश्राले एक हजार पाँच सय ७३ मत प्राप्त गरिन् । कोषाध्यक्षमा तुलसादेवी अधिकारी दुई हजार एक सय ८८ मत ल्याएर विजयी भइन् भने प्रतिस्पर्धी रमादेवी पहारी (ज्ञवाली)ले एक हजार चार सय ८२ मत ल्याइन् ।
यसैगरी, खुल्ला सदस्यमा मेनुका पोखरेल विजयी भइन् । आदिवासी÷जनजातितर्फ कला बस्याल गुरुङ र हरिप्रसाद कोजु, दलिततर्फ कोपिला विश्वकर्मा, मधेशी÷मुस्लिमतर्फ पासपति जैसवाल र सवेनाज बेगम, अनमीतर्फ जानुका मोक्तान र शान्तिकुमारी विश्वकर्मा विजयी भएका छन् । नेपाल नर्सिङ परिषद सदस्यतर्फ राजदेवी अधिकारी घिमिरे, सुमिता पाठक र राधादेवी आचार्य विजयी भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वसम्मतको नाममा ‘जबरजस्ती’ गर्न खोजेकाे आरोपपछि युवासंघको नेतृत्व चयन अन्योल
-
गगन थापा : विश्वास, विवाद र सुधारको समीक्षा
-
‘लिग लिडर’ बन्ने धुनमा रहेको गुजरात र आत्मसम्मान फर्काउने दाउमा रहेको चेन्नई आपसमा भिड्दै
-
सांगीतिक कार्यक्रमसहित नेपालगञ्जमा पल्सर एन१२५ लन्च हुँदै
-
चिनियाँ लडाकु विमान र युद्धपोतहरू आफ्नो क्षेत्रमा प्रवेश गरेको ताइवानी आरोप
-
'डजमा लागेर मस्कले टेस्लालाई बरबाद पारे'