'डजमा लागेर मस्कले टेस्लालाई बरबाद पारे'
वासिङ्टन डीसी । चर्चित अमेरिकी मार्केटिङ प्रोफेसर तथा उद्यमी स्कट ग्यालोवेले टेक दिग्गज एलन मस्कबारेमा ठूलो बयान दिएका छन् । अमेरिकी सरकारको खर्च कटौती विभागमा उनको संलग्नता र संघीय सरकारको खर्च र जागिर कटौती को अभियानले टेस्लामा विनाश निम्त्याएको उनले भनेका छन् । मस्कले टेस्लालाई बरबाद पारेको उनको भनाइ छ । परिस्थिति यस्तो बनेको छ कि २०२१ मा आठौं सबैभन्दा प्रतिष्ठित ब्रान्डको स्थानमा रहेको टेस्ला अहिले ९५ औं स्थानमा झरेको छ।
मस्कले आफूलाई गलत मानिसहरूसँग जोडेको एक पोडकास्टमा अ ग्यालोवेले भने । यसले टेस्लाका ग्राहकहरूलाई टाढा बनाएको अनि रिपब्लिकनहरूलाई पनि टेस्लाको ईभी मन पर्न छाडेको उनले बताए । मस्कले युरोपेली राजनीतिमा प्रवेश गर्ने प्रयास गरेदेखि टेस्लाको बिक्री घटेको देखाउने तथ्याङ्क ग्यालोभले प्रस्तुत गरे ।
कम्पनीको विक्री फ्रान्समा ५९ प्रतिशत, स्वीडेनमा ८१ प्रतिशत र नेदरल्याण्डमा ७४ प्रतिशतले घटेको तथ्याङ्क छ । उता, डेनमार्कमा विक्री ६६ प्रतिशतले घट्दा स्विट्जरल्याण्डमा ५० प्रतिशत र पोर्चुगलमा ३३ प्रतिशतले घटेको छ।
युरोप ईभीका लागि राम्रो बजार भएको उनले बताए। तर मस्कको हस्तक्षेपपछि, टेस्लाले त्यहाँ पनि ग्राहक गुमाउन थालेको उनी बताउँछन् । सबैभन्दा ठुला ब्रान्ड विनाशकहरू मध्ये एक थियो तर अहिले यसको हैसियत खस्किदै गएको छ ।
अप्रिलको अन्त्यसम्ममा, टेस्लाको लभांशमा ७१ प्रतिशतले घटेको थियो । यो तथ्याङ्क आएपछि मस्कले सरकारी दक्षता विभाग अर्थात् (डज)बाट पछि हट्ने बताएका थिए। सरकारलाई आर्थिक रूपमा व्यवस्थित गर्ने काम लगभग पूरा भइसकेको उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण