‘फिल्म मेकिङ मास्टर क्लास’मा चलचित्र सिक्दै फिल्मकर्मी
काठमाडौँ । सिनेपाल स्टुडियो, भैँसेपाटीमा यतिबेला ‘फिल्म मेकिङ मास्टर क्लास’ चलिरहेको छ । चलचित्र विकास बोर्डको आयोजनामा गत २८ गते शुक्रबारबाट सुरु भएको कार्यशाला ५ दिन अर्थात् पुस २ गतेसम्म चल्नेछ ।
चलचित्रकर्मी र चलचित्रका विद्यार्थी सहित ५४ जना सहभागी कार्यशालाको उद्देश्य अंग्रेजी तथा अन्य विदेशी चलचित्र सरह दृश्य सोच तथा उत्पादन गर्न सक्ने क्षमता अभिवृद्धि रहेको छ । यस कार्यशालामा अस्ट्रेलियामा चलचित्र विषयमा स्नातकोत्तर गरेका सरोज कुमार चौहानले नेतृत्व गरेका छन् ।
कार्यशालाले फिल्म निर्माणमा आफ्नो ज्ञान र सीपहरू गहिरो बनाउन चाहने विद्यार्थीहरूलाई उत्कृष्ट सिक्ने अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ ।
कार्यशालामार्फत सहभागीहरूले सिनेम्याटोग्राफी, प्रकाश, कला डिजाइन, स्टेजिङ र निर्देशनको उपयोगद्वारा हलिउड फिल्म लुक सिर्जना गर्न अवधारणादेखि स्क्रिनसम्म सिनेम्याटिक प्रक्रियामा फस्ट ह्यान्ड अन्तर्दृष्टि प्राप्त गर्ने प्रमुख प्रशिक्षक समेत रहेका चौहानले बताए । कार्यशालाका समापन पुस ५ गते चलचित्र विकास बोर्डको प्रेक्षालयमा हुने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु
-
आदिवासी जनजाति आयोगले राख्यो संविधानमा २५ बुँदे संशोधनको माग, गैँडालाई राष्ट्रिय जनावर कायम गरिनुपर्ने
-
फेरि जेल जालान् राजपाल यादव ?
-
गणेश नेपाली आत्मदाह प्रकरण छानबिन गर्न समिति गठन
-
नयाँ फाइबर–अप्टिक ड्रोनमार्फत युक्रेनका विद्युत् सबस्टेशनमा रुसी आक्रमण
-
गणेश नेपालीकाे मृत्यु प्रकरणमा बाेले गृहमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण