पेट्रोल छर्केर आत्मदाह गर्ने कमलाको सुसाइड नोट फेला
काठमाडौँ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–८ मा आफैँलाई जलाएर आत्मदाह गर्ने कमला आचार्यको सुसाइड नोट भेटिएको छ । उनी परिवारसँग नारायणटारमा बस्दै आएकी थिइन् । २९ मंसिरमा कागेश्वरी मनोहरा नगरपालिका–८ किराँतचोकस्थित बागमती नदि किनारमा गएर उनले आफैँलाई आगो लगाएकी हुन् । आचार्यको उपचारको क्रममा मृत्यु भएको काठमाडौँका एसएसपी बसन्त रजौरेले रातोपाटीलाई बताए ।
घट्नास्थलबाट प्रहरीले उनले लेखेको सुसाइड नोट बरामद गरेको छ । घट्नास्थलबाट प्रहरीले बरामद गरेको सुसाइड नोटमा उनले आफ्ना श्रीमानसँग क्षमा मागेकी छन् । नोटमा लेखेकी छन्, ‘सरी बुढा ।’ कागेश्वरी मनोहरा नगरपालिका–७ मा आचार्य दम्पतीले स्टेशनरी सञ्चालन गरेका छन् । उनीहरुले सञ्चालन गरेको केएण्डए स्टेशनरीबाट केही पर गएर उनले आगो लगाएकी हुन् । नोटमा पतिको नम्बर लेख्दै उनले भनेकी छन्– ‘मेरो श्रीमानलाई मेरो अवस्थाबारे खबर गरिदिनुहोला ।’
‘मैले श्रीमानलाई सहयोग गर्न सकिँन, म बाँच्नुको कुनै अर्थ छैन’ उनको नोटमा लेखिएको छ, ‘म मरेको खबर श्रीमानलाई गरिदिनुहोला नम्बर यो हो ।’ बा.३५ प ५८१८ नम्बरको स्कुटरमा घटनास्थल पुगेकी उनले मिनरल वाटरको बोतलमा पेट्रोल लगेर छर्केको अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् । नोटमा उनले घटना आफ्नै कारणले भएको उल्लेख गरेकी छन् । नोटमा लेखिएको छ, ‘यो सबै मेरै कारण भएको हो ।’ आचार्य दम्पतीका १३ र ३ वर्षका बच्चा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण