नेपाल प्रिमियर लिग क्रिकेट
मात्र १ विकेटले खेल जित्दा...
आइतबार, ३० मङ्सिर २०८१, १३ : ०७

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आइतबार खेलिएको खेलमा काठमाडौँ गुर्खाजले सफलता हात पारेको छ । काठमाडौँ गुर्खाजले आइतबार खेलिएको खेलमा विराटनगर किङ्समाथि एक विकेटको रोमाञ्चक जित हासिल गरेको हो ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको विराटनगर किङ्सले १९.५ ओभरमा अलआउट हुनुअघि एक सय १७ रन बनाएको थियो । जवाफमा काठमाडौँ गुर्खाजले १८.१ ओभरमा नौ विकेट गुमाएर एक सय २० रन बनाउँदै विजयलक्ष्य पार गर्यो ।
जितसँगै काठमाडौँ गुर्खाजले प्ले अफ चरणमा पुग्ने सम्भावना पनि जीवितै राखेको छ । तर, अब प्ले अफ चरणमा पुग्न काठमाडौँ गुर्खाजले अन्य टोलीको नतिजामा भर पर्नु पर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुर र सामाखुसीबिच बास्केटबल लिगको उद्घाटन खेल
-
पाकिस्तानले बन्द गर्यो एफएम रेडियोमा भारतीय गीत प्रसारण बन्द
-
राष्ट्रिय सुरक्षा सल्लाहकारबाट ट्रम्पले वाल्ट्जलाई हटाए, नयाँ जिम्मेवारी दिए
-
ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु
-
देउवाविरुद्ध गएपछि कान्छारामको राज्यमन्त्री पद चट !
-
'मेरो भ्वाइस युनिभर्स'को प्रसारण सुरु