सुदूरपश्चिम रोयल्सलाई हराउन पोखरा एभेन्जर्सले १५४ रन बनाउनु पर्ने
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आइतबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई एक सय ५४ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिम रोयल्सले निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय ५३ रन बनाएको हो ।
सुदूरपश्चिम रोयल्सका लागि आरिफ शेखले अविजित ४२ रनको योगदान गरे । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका आरिफ शेखले ३८ बलको सामना गरी एक छक्का र दुई चौका पनि हिर्काए । ब्रान्डन म्याकमलेनले पनि टोलीको खातामा २३ रन थपे । तेस्रो नम्बरका ब्याट्सम्यान म्याकमलेनले केवल १६ बलको सामना गरी एक छक्का र दुई चौका पनि हिर्काए ।
_dnmNRlurQb.jpg)
कप्तान दीपेन्द्रसिंह ऐरी २० रन बनाउँदै पेभेलियन फर्किए । छैटौँ नम्बरमा ब्याटिङ गर्न आएका उनले १६ बलमा एक छक्का प्रहार गरे । ओपनर सेफ अली जेब नौ रन बनाउँदै आउट भए । अर्का ओपनर विनोद भण्डारीले १४ रन बटुले । विकेटकिपर ब्याट्सम्यान विनोदले १६ बलमा एक छक्का र एक चौका पनि प्रहार गरे । हरमित सिंहले १० बलमा एक छक्काको मद्दतले १३ रन बनाए ।
_WjRS57tRYg.jpg)
इशान पाण्डेले १० रन बनाए । ‘रिटायर्ड आउट’ भई पेभेलियन फर्किनुअघि उनले ११ बलमा एक चौका हिर्काए । नरेश बुढाऐर ६ रनमा अविजित रहे । स्कट कुगेलियनले दुई रन बटुले । सुदूरपश्चिम रोयल्सले अतिरिक्त रुपमा पनि १४ रन पायो । पोखरा एभेन्जर्सका बलर कुशल भुर्तेलले दुई तथा रेमोन रेफर, सागर ढकाल र माइकल लिस्कले एक–एक विकेट लिए ।
प्रतियोगितामा सुदूरपश्चिम रोयल्सले छैटौँ र पोखरा एभेन्जर्सले आफ्नो सातौँ खेल खेलिरहेका हुन् । पोखरा एभेन्जर्स यसअघि नै उपाधि होडबाट बाहिरिइसकेको छ । जारी एनपीएलको प्रारम्भिक चरणमा सहभागी आठवटै टोलीले सात–सात खेल खेल्नेछन् । त्यसपछि अंक तालिकाको माथिल्लो स्थानमा रहने चार टोली प्ले अफ चरणमा पुग्ने प्रावधान छ ।
_AV8xBpPdmI.jpg)
सात खेल खेलेको जनकपुर बोल्ट्स १० अंकसहित पहिलो स्थानमा छ । पाँच खेल खेलेको सुदूरपश्चिम रोयल्स आठ अंकसहित दोस्रो स्थानमा आसिन छ । सात खेल खेलेको चितवन राइनोज आठ अंकसहित तेस्रो, ६ खेल खेलेको कर्णाली याक्स आठ अंकसहित चौथो र सात खेल खेलेको काठमाडौँ गुर्खाज आठ अंकसहित पाँचौँ स्थानमा छन् ।
_N4302bauiV.jpg)
सात खेल खेलेको विरानटर किङ्स (चार अंक), ६ खेल खेलेको पोखरा एभेन्जर्स (चार अंक) र सात खेल खेलेको लुम्बिनी लायन्स (दुई अंक) भने यसअघि नै उपाधि होडबाट बाहिरिइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण