महिला यू–१९ एसिया कप क्रिकेट : भारतले पाकिस्तानलाई नौ विकेटले हरायो, श्रीलंकाको पनि विजयी सुरुवात
काठमाडौँ । एसीसी यू–१९ महिला टी–२० एसिया कप क्रिकेट प्रतियोगिताको पहिलो दिन आइतबार खेलिएको खेलमा भारत र श्रीलंका विजयी भएका छन् ।
मलेसियामा जारी उक्त प्रतियोगिताको आफ्नो पहिलो खेलमा भारतले चिर प्रतिद्वन्द्वी पाकिस्तानलाई नौ विकेटको फराकिलो अन्तरले पराजित गरेको हो ।
टस जिती पहिले ब्याटिङको निर्णय लिएको पाकिस्तानले निर्धारित ओभरमा सात विकेट गुमाएर ६७ रन बनायो । जवाफमा भारतले ७.५ ओभरमै केवल एक विकेट गुमाएर विजयलक्ष्य पुरा गर्यो ।
अर्को खेलमा श्रीलंकाले आयोजक मलेसियालाई ९४ रनको फराकिलो अन्तरले हरायो । टस जिती पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय ५३ रन बनायो ।
जवाफी ब्याटिङमा ओर्लिएको मलेसियाले भने निर्धारित ओभरमा ६ विकेट गुमाएर ५९ रनमात्र बनाउन सक्यो । यू–१९ महिला टी–२० विश्वकपको यो पहिलो संस्करण हो ।
आठ दिनसम्म चल्ने उक्त प्रतियोगितामा नेपालसहित ६ वटा टोलीको सहभागिता रहेको छ । सहभागी टोलीहरुलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह ‘ए’ मा बंगलादेश, मलेसिया र श्रीलंका रहेका छन् । नेपाल प्रतियोगिताको समूह ‘बी’ मा छ । चिर प्रतिद्वन्द्वी भारत र पाकिस्तानमा पनि नेपालकै समूहमा परेका छन् ।
नेपाली टोलीले आफ्नो पहिलो खेल सोमबार खेल्नेछ । नेपालको पहिलो खेल पाकिस्तानसँग परेको छ । सोमबारको दोस्रो खेल बंगलादेश र श्रीलंकाबिच खेलिने छ ।
प्रारम्भिक चरणको खेलपछि दुबै समूहबाट दुई–दुई टोली प्रतियोगिताको ‘सुपर–४’ चरणमा प्रवेश गर्नेछन् । प्रतियोगितामा वरीयता निर्धारणका लागि पनि खेल हुनेछ ।
प्रतियोगिताका लागि घोषित नेपाली टोलीमा पूजा महतो (कप्तान), सोनी पाख्रिन उपकप्तान, एलिसा कुमारी यादब, साना प्रविन, ज्योत्सनिका मरासिनी, कुसुम गोदार, सावित्रा धामी, कृश्मा गुरुङ, रिया शर्मा, सिमाना केसी, स्नेहा महरा, रचना चौधरी, तृष्ण विक, अनु कडायत र किरण कुमारी कुँवर छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो
-
नेपालगन्जमा ऐतिहासिक तलाउ मासिँदै
-
महिनाकाे पहिलाे दिन कुन राशिकाे लागि शुभ ? हेर्नुहाेस् राशिफल
-
इरानसँगको सम्झौता पूर्ण भयो: राष्ट्रपति ट्रम्प
-
जापानको सानदार ‘कमब्याक’, नेदरल्यान्ड्ससँग २–२ को बराबरी
-
८९औँ मिनेटमा ओगावाको गोलले खेल बराबरीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण