पार्टीले सिफारिस गरेकालाई कारबाही नगरेको जसपा नेपालको गुनासो, सोमबार आयोग जाने
आइतबार, ३० मङ्सिर २०८१, १७ : २१
काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल कारबाहीका लागि सिफारिस गरेका जनप्रतिनिधि तथा नेतालाई कारबाही नगरेको गुनासो लिएर निर्वाचन आयोग जाने भएको छ । सोमबार सो पार्टीका नेता आयोग जाने भएका हुन् ।
अशोक राई अलग भएर जनता समाजवादी पार्टी गठन गरेपछि कतिपय नेता विना सनाखत सो पार्टीमा आबद्ध भएको भन्दै जसपा नेपालले कारबाहीका लागि आयोगलाई सिफारिस गरेको थियो ।
तर हालसम्म कुनै कारबाही नगरेको भन्दै जवाफ माग्न जसपा नेपालका नेता आयोग जान लागेको सो पार्टीका एक नेताले बताए । पार्टी विभाजन भएपछि सर्वोच्च अदालतले विभाजनसम्बन्धी सबै प्रक्रिया यथास्थितिमा राख्न निर्देशन दिएपनि जसपाले विभिन्न गतिविधि गरिरहेको र स्थानीय तहको उपनिर्वाचनमा समेत भाग लिएको भन्दै जसपा नेपालले आयोगसमक्ष कुरा राख्ने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण