उपसभामुखको सुझाव : कपि पेस्ट नगर्नुहोस्, मेहनत गरेर समाचार लेख्नुहोस्
काठमाडौँ । उपसभामुख इन्दिरा राना मगरले पत्रकारहरूलाई निराश हुने मात्र हैन, नयाँ बच्चाहरूलाई जाँगर आउने समाचार पनि लेख्न आग्रह गरेकी छन् ।
संसदीय मामिला पत्रकार समाजले तयार पारेको पुस्तक संसदीय पत्रकारिता अवधारणा र अभ्यास पुस्तक विमोचन कार्यक्रममा बोल्दै रानाले सो कुरा बताएकी हुन् ।
उनले भनिन्, ‘ तपाईँहरूले निराश हुने मात्र हैन, नयाँ बच्चाहरूलाई जाँगर आउने समाचार लेख्नुहोस् । यहाँ त निराशा मात्र छ । तपाईँहरूको देश बचाउन ठुलो भूमिका हुन्छ । त्यसअनुसार समाचार तपाईँहरूले समाचार लेख्दिनु होला । जानी/नजानी अन्याय नगर्नु होला । कपि पेस्ट नगर्नुहोस्, मेहनत गरेर समाचार लेख्नुहोस् ।’
उनले जनतालाई सुसूचित गर्ने काम पत्रकारको भएको स्मरण गराइन् । ’हामी कहिलेकाहीँ सत्य बोल्दा जनता डिप्रेसनमा जान सक्छ , तपाईँहरूले त्यसमा पनि ख्याल गरेर समाचार निकाल्नु पर्छ,’ उनले भनिन्, ‘कसै कसैले राजनीतिक प्रभावमा परेर काइते समाचार पनि लेख्छन् ।’
फरक प्रसङ्गमा उनले संघीयता ठिक छ किन छैन भन्ने बहस भइरहेको जिकिर गरिन् । ‘तर १० वर्ष भए पनि नीति बनेको छैन, कसरी ठिक बेठिक हुन्छ र ?’ उनले भनिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
-
अरुणका कालजयी गीत गुन्जिँदा...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण